परासी , २१ असाेज । नवलपरासीको सरावल गाउँपालिका वडा नं. ३ सरावलमा अवस्थित हिमालय युवा क्लब सरावलकाे अायाेजनामा हिन्दुहकाे महान पर्व बिजया दशमीकाे अवसरमा सांस्कृतिक कार्यक्रम सुरु गरिएको छ। क्लबका अध्यक्ष नरेश कुमार फाैजदारकाे अध्यक्षता तथा सुनवल नगरपालिका नगर प्रमुख भीमबहादुर थापा क्षेत्री (भरत ) काे प्रमुख अातिथ्यतामा सांस्कृतिक कार्यक्रम सुरु गरिएको हाे।
कार्यक्रमलाई सम्बाेधन गर्दै सुनवल नगरपालिका मेयर क्षेत्रीले विजया दशमीको शुभकामना दिनुका साथै संस्कृति लोप हुन लागेकाले धर्म, संस्कृती माथि हस्तक्षेप भई पश्चिमेली संस्कृती मौलाउँदै गएको भन्दै आफ्नो धर्म सस्कृती बचाई राख्न सम्पुर्ण नागरिक लागि पर्नुपर्नेमा जोड दिनुभयो । उहाँले यस्ता कार्यक्रमले सस्कृती जगेर्नामा टेवा पुग्ने उल्लेख गर्नुभयो ।साथै युवाहरु धेरै बेरोजगार भएको कारणले याे क्लब सिपमुलक तालिम सन्चालन गर्न तिर लागाेस अाफुबाट हुने सहयाेग र साथकाे लागि हमेसा तयार रहने प्रतिबध्दता समेत ब्यक्त गर्नु भएकाे हाे ।
त्यस्तै सरावल गाउपालिका उपाध्यक्ष रायले सबै भाषा, धर्म र सस्कृतीको सम्बद्र्धनमा सबैको साथ र सहयोग अपरिहार्य भएको बताउदै सबै जातजातिले सबैको स–सम्मान गर्दै आ–आफ्नो संस्कृतीलाई जोगाउँदै जार्नुपर्ने आजको आवश्यकता भएको बताउनुभयो ।साथै अहिले देशमा विभिन्न घटनाक्रमले गर्दा धैरै चेलिबेटीहरु मर्कामा परेको बताउदै महिला हिंसा र अपराधजन्य क्रियाकलाप घर घर बाटै रोक्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा प्याप्सन सरावलका अध्यक्ष सुखाडि प्रसाद चाैधरी, नेपाल शिक्षक संघ जिल्ला सहसचिव इन्द्रबहादुर चाैधरी,सरावल गाउँपालिका स्तरिय खेलकुद अध्यक्ष महेन्द्र चाैधरी,समाजसेवी सुरेश चाैधरी , अवधबिहारी चाैहान लगाएत नवलपरासीका तमाम झमटा समूह ,डान्डिया नाच समुहको सहभागीता रहेको थियाे।