परासी, १९ असोज । परासीमा देवी दुर्गाको आकर्षण मुर्ति बनाई भव्य मेलाको तयारी गरिएको छ । हिन्दु समुदायको महान पर्व विजया दशैमा देवी दुर्गाको आकर्षण मुर्ति बनाई निकै सिंगारिएर पुर्जा अर्चना भैरहेको छ । उक्त मुर्तिलाई परासीको हाटवजारमा बुधबार लाग्ने दशंैमा राखि विशाल मेला लगाउने तयारी मेला आयोजक समितिको रहेको छ ।
रामग्राम नगरपालिका २ परासीमा देवी दुर्गा माता सहित विभिन्न देवी देवताको आकर्षण मुर्ति बनाई रंगविरङ्गको लाईटीङ्गबाट सजाइएको छ । मुर्ति स्थानमा प्रवेश गर्न आकर्षण प्रवेश द्धार पनि बनाइएको छ र वरपर पनि निकै डेकोरेश गरिएको युवा समाजसेवी निरज रौनियारले जानकारी दिए ।
उनले भने यो मुर्ति परासीकै आकर्षित र सुन्दर रहेको बताए । उक्त मुर्ति हेर्न विभिन्न गाउँका भक्तजनहरुपनि आईरहेको र पुजाअर्चना गरिहेको बताइएको छ । फोटो फिचर