परासी, १७ असोज । प्रतिनिधि सभा सदस्य एवं पुर्वगृहराज्य मन्त्री देवेन्द्रराज कण्डेलले ९ सय जना गरिब तथा विपन्न विद्यार्थीहरुलाई पोशाकका कपडा वितरण गरेका छन् । सांसद कण्डेलको विशेष पहलमा प्रयास नेपाललाई प्राप्त उक्त पोशाकका कपडा एक कार्यक्रम बिच १५० घरधुरीका गरिब, दलित तथा विपन्न वर्गका ९ सय जना अध्ययनरत विद्यार्थीहरुलार्र्र्र्र्ई वितरण गरेका हुन् ।
रामग्राम स्तुप संरक्षण तथा प्रवद्र्धन संस्थाका अध्यक्ष सम्भु प्रसाद उपाध्यायको अध्यक्षता तथा सांसद कण्डेलको प्रमुख आतिथ्यतामा भएको दशंै तथा शुभ दिपावलीको शुभकामना आदान प्रदान कार्यक्रममा उजैनी, देउरवाँ र नौडिहवाँका ति ९ सय जना छात्र छात्राहरुलाई टिर्शट, क्याप, ट्राकशुट जस्ता पोशाकका कपडा वितरण गरिएको हो । ति कपडा विद्यार्थीहरुकाे अभिभावकहरूले ग्रहण गरेका हुन् ।
कार्यक्रममा अतिथि एवं प्रदेशसभा सदस्य बैजनाथ जयसवाल, जिल्ला समन्वय समिति प्रमुख शिवशंकर राय, प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद मरासिनी, उद्योग बाणिज्य संघका अध्यक्ष केशव भण्डारी लगायतले दशैं तथा शुभदिपावलीको शुभकामना व्यक्त गर्दै विद्यार्थीहरुको उज्जवल भविष्यको कामना गर्दै अध्ययनमा ध्यान दिन विद्यार्थीहरुलाई आग्रह गरेका हुन ।