सरावल गाउँपालिकाद्वारा बजार अनुगमन

0
280

परासी , १६ असाेज। नवलपरासीको सरावल गाउँपालिकाद्वारा चाडपर्वलाई लक्षित गरेर स्थानीय व्यापारी व्यवसायीहरूले बिक्रीकालागि राखेका खाद्य पदार्थलाई बिहीबार बजार अनुगमन गरिएको छ।

समितिले चाडपर्वको पूर्वसन्ध्यामा खाद्य पदार्थमा मिसावट र स्वस्थता, मूल्य वृद्धिलाई लक्षित गरेर अनुगमन तीव्र बनाउँदै पसलहरूमा निरीक्षण गर्दा खान अयोग्य खाद्य बस्तु भेटिएको हो ।

गाउँपालिका अनुगमन समिति संयोजक उत्तमा रायको नेतृत्वमा सरावल गाउँपालिका वडा नं. १ देखि ७ सम्म गरिएको बजार अनुगमनमा अखाद्य, म्याद गुज्रेका सामान बिक्री गरेको, पसल दर्ता नगरी गैरकानूनीरुपमा सञ्चालन गरेको पाइएको हो ।

अनुगमनका क्रममा पसल दर्ता नगरी गैरकानूनी रुपमा सञ्चालन गरेको, म्याद नाघेको सामान र फ्लिक मिल्क चकलेट भेटिएकाले त्यस्ता खाद्य पदार्थ नष्ट गर्न निर्देशन दिइएको तथा मिति नभएको खाद्य समान भेटिएकाले मिति नभएको बिक्री वितरण नगर्न, पेटीमा राखेको सामान हटाउन, फ्रिज राख्ने फलामे फ्रेम हटाउन र पसल व्यवस्थित गर्न टोलीले निर्देशन दिएको छ ।

कतिपयले अखाद्य बस्तु मिसाएर बिक्री गरेको पाइएको तथा केहीले दर्ताबिना सडकमा टेन्ट टाँगेर खुला रूपमा खाद्य पदार्थ बिक्री गरेको भेटिएकाे हाे ‘ती सवै व्यापारी व्यवसायीलाई चेतावनी दिइ व्यवस्थित गर्न टोलीले निर्देशन दिएको छ ।

त्यस्तै पसलमा ढक तराजु नमिलेको र नापतौल विभागमा नवीकरण नगरेको पाइएको, मूल्यसूची नराखेको, किचेन फोहर भएको, पुरानो र बासी मिठाई बिक्री गरिरहेको पाइएकाले त्यस्ता मिठाई नष्ट गर्न निर्देशन दिइएको र पेटीको सामान हटाउन ,मूल्यसूची राख्न र नियमानुसार सञ्चालन गर्न निर्देशन दिएको छ ।

अनुगमनकाे क्रममा सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीले सन्चालन गरेको बुद्ध ट्रेडर्स नामक पसल तथा वडा नं.७ का वडा अध्यक्ष हेयात खाँ धुनियाले सन्चालन गरेको मुन्ना अाइस्क्रिममा समेतमा अनुगमन गरिएको हाे।

अनुगमनमा घरेलु तथा साना उद्योग नवलपरासीको छैठौं स्तर अधिकृत नारायण प्रसाद अाचार्य , जिल्ला प्रशासन कार्यालय नवलपरासीको खरिदार टीका प्रसाद तिवारी ,अनुगमन समितिका सदस्य जाेखु गाैड, जन्तिरा सहानि,याेजनाशाखा प्रमुख राजन बस्याल,स्वास्थ्यशाखा संयाेजक अाेम नरायण देवकोटा ,वडा नं. ३ वडा अध्यक्ष अणेन्द्रनाथ राय,लेखाअधिकृत नारायण पाण्डे ,इन्जिनियर हेमन्त चाैधरी, उपभोक्ता हित मञ्चका अध्यक्ष शुसान्त शर्मा घिमिरे, प्रहरीचाैकि बासाका ईन्चार्ज लिल बहादुर बि.क,प्रहरीचाैकि गाेबरहिया ईन्चार्ज सिबि अाेलि, पशु प्राबिधिक साेनेलाल शाह,कृषि प्राबिधिक बसन्त खवास , पत्रकार उमेश कुमार बि.क लगाएतकाे सहभागीतामा अनुगमन कार्य सम्पन्न गरिएको हाे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here