बर्दघाट, १३असाेज । सहयोगी मिडिया प्रा.लि. द्धारा संचालित दौतरी एफ एम १०५.८ मेगाहर्ज आजदेखी तेश्रो बसन्त पार गरी चौथो बर्षमा प्रवेश गरेको छ । प्रालिले रेडियोको बार्षिक उतसवकै अवसरमा आजदेखि दौतरी खबर साप्ताहिकको समेत सुरुवात गरेको छ । बार्षिक उत्सवको अवसरमा एक कार्यक्रमको आयोजना गरी दौतरी खबरको शुभारमभ गरिएको हो ।
पत्रिकाको शुभारम्भ गर्दै बर्दघाट नगरपालिकाका प्रमुख धिरज शर्मा बस्यालले दौतरी खबरको आगमनले संचारको क्षेत्रमा नया आयाम थपिएको बताउनुभयो । शर्माले पत्रिका खुल्ने क्रम अत्याधिक रहे पनि केहिले मात्र निरन्तरता पाउने गरेको भन्दै दौतरी खबरको निरन्तरताको कामना समेत गर्नुभएको थियो । मेयर शर्माले स्थानिय स्तरका हरेक सुचनाहरु नागरिक समक्ष पुराउनका लागि संचारमाध्यमहरुले पहल गर्नुपर्ने भन्दै संचार माध्यममा काम गर्ने संचारर्कीहरुको पारिश्रमिकको विषयमा समेत मिडिया संचालकहरुले ध्यान दिन जरुरी रहेको उल्लेख गर्नुभएको थियो ।
स्थापना कालको छोटो समयमै दौतरी एफएमले सबैको मन जित्न सफल भएको भन्दै पत्रिकाको समेत सफलताको कामना गर्नुभएको थियो ।
बर्दघाट नगरपालिकाकी उप प्रमुख माया पौडेलले दौतरीले आवाज संग संगै छापाबाट समेत सुचना सम्प्रेशणको थालनी गरेकोमा खुशी ब्यक्त गर्नुभएको थियो । पौडेलले दौतरीले सवैको आवाज समेट्न सकोस भनी शुभकामना दिनुभएको थियो । नगर प्रवक्ता एवं वडा नम्बर ४ का अध्यक्ष रविन्द्र विक्रम हमालले निजि क्षेत्रबाट संचालित संचार माध्यम भए पनि दौतरीले हरेक बर्ष सामाजीक क्षेत्रमा केहि न केहि सामाजीक काम गर्दै समाजको मन जित्न सफल भएको उल्लेख गर्नुभयो ।
संचार माध्यमहरु संचालनमा कठिनाई हुने र घाटामा जाने अवस्था अत्याधिक रहेकोमा सहयोगी मिडियाले प्राप्त गरेको सफलता र उसले संचार क्षेत्रबाट खेलेको भुमिका सवैले सिक्नुपर्ने उल्लेख गर्नुभयो । रेडियो संग संगै पत्रिका समेत प्रकाशनमा ल्याएकोमा आगामी दिनमा थप जिम्मेवार हुंदै स्थानिय सरकारले गरेका सकारात्मक कुराहरुलाई समेत उठान गर्न आग्रह गर्नुभएको थियो । आवश्यक परेको खण्डमा जस्तोसुकै सहयोग गर्न आफुहरु तयार रहेको भन्दै संचार माध्यमहरुले सत्य तथ्य र निष्पक्ष सुचना सम्प्रेशणमा ध्यान दिनुपर्ने र भाषिक सुद्धतालाई समेत ख्याल गर्नुपर्ने बताउनुभएको थियो ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीका अध्यक्ष हरि शर्माले पछिल्लो समय सामाजीक संजाल र प्रविधिको विकासले गर्दा यो समयमा साप्ताहिक पत्रिका संचालनमा चुनौति रहेको उल्लेख गर्नुभएको थियो । उहांले संचार माध्यममा काम गर्ने पत्रकारलाई संचार गृहले नियुत्रिक्त पत्र समेत दिन नसक्नु दुखद भएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा गैर सरकारी संस्था महासंघका जिल्ला अध्यक्ष बालिन्द्र विक्रम शाहि, दिब्यज्योती माविका प्रधानाध्यापक हुमनाथ आचार्य, दौतरी खबरका अतिथि सम्पादक रमेश न्यौपाने, क्यानल सेन्टर माविका प्राचार्य सागरमणी पाण्डे, सामुदायिक रेडिायो परासीका प्रबन्ध निर्देशक मेघराज गौतम, सामुदायिक रेडियो दाउन्नेका कार्यकारी निर्देशक राम्जी लौडारी लगायतले बोल्नुभएको थियो ।
कार्यक्रम सहयोगी मिडिया प्रा.लि का अध्यक्ष तथा दौतरी खबरका सम्पादक गणेश पाण्डेको अध्यक्षता, प्रबन्ध निर्देशक नारायण भण्डारीको स्वागत तथा स्टेशन म्यानेजर राजु पोखरेलको संचालनमा सम्पन्न भएको थियो । सहयोगी मिडिया प्रा. लि ले पहिलो संचार माध्यमको रुपमा २०७३ असोज १५ गते घटस्थापनाको अवसर पारेर दौतरी एफ एम संचालनमा ल्याएको थियो भने रेडियोको सफलतम तेश्रो बर्ष पछि प्रा.लि ले दौतरी खबर साप्ताहिक प्रकाशनमा ल्याएको छ ।