बर्दघाटमा सुर्तिजन्य पदार्थ नियन्त्रण गर्न अन्तरक्रृया

0
393

बर्दघाट, १० असाेज । बर्दघाट नगरपालिका पश्चिम नवलपरासीको आयोजनामा सुर्तिजन्य पदार्थ नियन्त्ररण तथा नियमन सम्बन्धि विद्धामन कानुनी व्यवस्था र व्यवसायिक अभ्यास विषयक छलफल कार्यक्रम शुक्रबार बर्दघाटमा सम्पन्न भएको छ । बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्यालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाल सरकारले लागु गरेको सुर्तिजन्य पदार्थ नियन्त्ररण तथा नियमन गर्ने ऐन नियम तथा निर्देशिका २०६८ को बारेमा छलफल हुनुका साथै नगरलाई कसरी सुर्तिजन्य पदार्थ सेवन तथा बेचविखनमा न्युनिकरण गर्न सकिन्छ भन्ने बारेमा छलफल समेत गरिएको थियो ।

सो अवसरमा कार्यक्रमको सहजिकरण गर्दै बर्दघाट स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवालीले ऐनमा सार्वजनिक स्थलहरुमा सुर्तिजन्य पदार्थ सेवन गर्न नपाइने, १८ वर्ष कम उमेर र गर्भवति महिलाले विक्रि वितरण तथा खरिद गर्न नपाइने, सार्वजनिक स्थलको १०० मिटरको आसपासको क्षेत्रमा उक्त बस्तुहरु बेचविखन गर्न नपाइने र दैनिक उपभोग्य खाद्ययवस्तु विक्रि बितरण गर्ने पसलबाट सुर्तिजन्य पदार्थ वितरण गर्न नपाइने तथा सञ्चार माध्यमबाट विविध कार्यक्रम समारोह वा अवसरहरुमा विज्ञापन प्रचारप्रसार प्रवद्र्धन वा प्रायोजन गर्न नपाइने व्यवस्था रहेकोमा सो कानुनी व्यवस्था उलंघन गरेमा रु १०० देखी १ लाखसम्म जारिवानाको व्यवस्था पनि रहेको बताउनुभयो ।

छलफल कार्यक्रममा नगरलाई सुर्तिजन्य पदार्थ सेवन तथा विक्रिवितरण नियमन गर्न विभिन्न कार्य योजना बनाई अगाडी बढने र नगरका विभिन्न स्थानहरुमा सचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्ने र उक्त वस्तुहरु विक्रि गर्न नगरमा दर्ता पक्रियालाई अगाडी बढाउने लगाएतको निर्णय भएको नगर प्रमुख शर्माले बताउनुभयो । कार्यक्रममा नगर भित्रका बजार विकास समितीका पदाधिकारी, रेडक्रस शाखाका प्रतिनीधि, बर्दघाट उद्योग वाणिज्यसंघका प्रतिनीधि, संचारकर्मी लगाएको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here