७ हजार घुस रकमसहित शसस्त्र प्रहरीका सहायक हवलदार अख्तियारकाे फन्दामा

0
604

♦रबिन्द्र यादव–

परासी, १० असाेज । पश्नीम नवलपरासीबाट ७ हजार रूपैया घुस सहित शसस्त्र प्रहरीका एक हवलदार पक्राउ परेका छन् । घुमुवाकाे रूपमा काम गर्दै अाएकाे शसस्त्र प्रहरी बेस क्याम्प सेमरीमा कायर्रत सहायक हवलदार ज्ञानेन्द्र माैर्यालाइ अख्तियार दुरूप्याेग अनुसन्धान अायाेग कार्यालय बुटवलले ७ हजार रूपैया घुस रकम सहित पक्राउ गरेकाे हाे । सहायक हवलदार मार्या एक व्यपारी सित अवैध रूपमा ७ हजार रूपैया घुस रकम लिदै गर्दा उनी रंगे हात पक्राउ परेका अख्तियार कार्यालयले जनाएकाे छ ।

व्यापारीको सर समान सहज रुपमा गन्तव्य पुर्याउन सहयाेग गर्ने भनी माैर्याले व्यपारी संग घुस रकम मागेर हैरान गरेपछि अख्तियारमा उजुरी परेको थियो। साे उजुरी अनुसार अख्तियारले शुक्रबार दिउसाे माैर्यालाइ  व्यापारीसित सात हजार रुपैयाँ घुस लिएको आरोपमा पक्राउ गरि अनुसन्धान थालेकाे जनाएकाे छ । रकम दिने व्यपारीकाे नामा गाेप्य राखिएकाे छ ।

सहायक हवलदार माैर्याले व्यापारी संग पटक पटक रकम मागेर हैरान गरेपछि अख्तियारबाट खटिएको टोलीले उनलाई गोपीगंजमा पक्राउ गरेको हाे। आयोगको क्षेत्रीय कार्यालय बुटवलका प्रवक्ता सुरेश भुषालले भने, पटक पटक यसकाे गुनासो आएपछि बजार पुग्दा रकम लेनदेनकै अवस्थामा भेटिएको बताए। आवश्यक अनुसन्धानका लागि मौर्यालाई क्षेत्रीय कार्यालय बुटवल लगिएको उनले जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here