परासी, ७ असोज । समाज कल्याण परिषदको ४० औ सामाजिक सेवा दिवसको अवसरमा बालश्रम विरुद्ध अन्तरक्रिया कार्यक्रम सपन्न भएको छ । जिल्ला पाल्हीनन्दन गाउँपालिका वडा ६ सनईमा एबिसी नेपालको सहयोग तथा श्री नन्द किशोरी समुहको आयोजनामा सो अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रम संस्थाकि अध्यक्ष हमीमा खातुको अध्यक्षता तथा पाल्हीनन्दन गाउँपालिका ६ वडा सदस्य रामदयाल गुप्ताको प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा वडा सदस्य लवागंी देवी हरिजन, स्वासथ्य चौकी प्रमुख शिवशंकर हरिनज, वडा सचिव जगन्नाथ यादव, एबिसी नेपाल फिल्ड सुपरभाईजर साहिदा निशा लगायले बालश्रम अन्त्य हुनु पर्नेमा जोड दिएका थिए ।