नेपाली बजारमा भारतीय केराले केरा किसान मर्कामा

0
289


परासी, ७ असोज । नेपालमा भारतीय केराको आयातले नवलपरासीका केरा किसानहरु मर्कामा परेका छन् । सस्तो दरका भारतीय केरा नेपालको विभिन्न बजारहरुका छ्याप्तछ्याप्ती पाउन थालेपछि नेपाली केराको बजार घटदै गएको छ । भारतीय केरा नेपाली केराको तुल्नामा करिब १० रुपैया प्रति दर्जन सस्तोमा पाउने हुँदा व्यपारीहरु नेपाली बजारमा भारतीय केरा आयात गर्न थालेपछि नेपाली केराको बजार सुक्न थालेको केरा उत्पादक समितिका अध्यक्ष लख्खु यादवले जानकारी दिए । उनका अनुसार नेपाली केरा उत्पादनमा लगानी बढि हुने हुँदा उक्त केरा भारतीयको तुल्नामा महंगो हुन्छ तर सस्तो खोज्दै व्यपारीहरु भारतीय बजार धाउन थालेपछि हाम्रो केरा कम र सस्तोमा विक्न थालेको उनले दुखेसो पोखे ।

जिल्लाका किसानहरुले एक महिना अगाडी केरा प्रति दर्जन ६० रुपिया सम्ममा विक्री गरिरहेका थिए कि भारतीय केरा व्यापक रुपमा नेपाल भित्रन साथ केरा हाल प्रति दर्जन ४० रुपैयामा झरेको छ । चाँडबाडका बेला व्यपारीहरु सस्तो खोज्दै भारतीय केरा व्यापक रुपमा नेपाल भित्राउने कार्यले नेपाली केरा बजार पाउन छोडेको छ । किसानहरु केरा त उत्पादन गर्छन तर केराले उचित मुल्य र बजार नपाउने कारण किसानहरु केरामा आत्मनिर्भर बन्न सकिरहेका छैनन् ।

यतिबेला नवलपरासीमा कुल १ हजार ८ सय विगाहा क्षेत्रफलमा व्यवासयिक केरा खेती गरिएको छ । कृषकहरु केरामा बढि उत्पादन लिन टिसु कल्चर, जि नाइन, रोबेष्टा, हरिछाल, भिम प्लस, मालभोग, बिलियम हाईब्रिड लगायतका उन्नत जातका केराको खेती गर्दै आएका छन् तर केरा महंगो भन्दै व्यपारीहरु यसरी दिनहुँ डिसिएमका डिसिएम भारतीय केरा नेपाल भित्राउने कार्यले नेपाली केराको बजार घटदै गएको छ । सरकारले किसानहरुलाई केरामा आत्मनिर्भर बनाउन केरा बिमा निति सुधार गर्नु पर्ने, बिउ बिजन, मलमा अनुदान दिनु पर्ने र केराको बजार व्यवस्थापन संगै भारतीय केरा रोक्नु पर्ने किसानहरुको माग रहेको समितिका अध्यक्ष यादवले जानकारी दिए ।

गण्डक कमाण्ड क्षेत्र केराको लागि मुख्य पकेट क्षेत्रको रुपमा लिइएको छ । यहाँ किसानहरु व्यवसायिक रुपमा केराखेती गर्ने र उत्पादनलाई मुख्य बजार नारायणघाट, बुटवल, भैरहवाँ, पोखरा, काठमाण्डांै, मुग्लिङ्ग लगायतका बजारहरु विक्री वितरण गर्दै आएका छन् तर बर्षेनी यहि समस्या देखिएपनि यस तर्फ सरकारले ध्यान पु¥याएको पाईदैन । केरा तर्फ किसानहरुलाई प्रोत्साहन गर्नु पर्नेमा बिना क्वारेन्टाईन चेकजाँचको भारतीय केरा व्यापक रुपमा नेपाल भित्री रहदा सम्बन्धित निकाय भने मौन बसेको छ । चलिरहेको केरा सिजनमा केराले उचित मुल्य र बजार पाएन भने विगतका बर्ष झै यसबर्षपनि कौडीका भाउमा गाउ–गाउँ घुमी केरा बेच्नु पर्ने अवस्था सृजना हुन सक्ने भने किसानहरुमा चिन्ता समाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here