नवलपरासीकाे छुट्टा छुट्टै तीन दुर्घटनामा ६ को मृत्यु २३ घाइते

0
287

नवलपरासी, ७ असाेज । पुर्व पश्चिम राजमार्ग अन्तर्गत पुर्वी नवलपरासीमा भएकाे छुट्टा छुट्टै तीन सवारी दुर्घटनामा परि ६ जनाको मृत्यु भएकाे छ भने २३ जना घाइते  भएका छन । गएराती जिल्लाकाे कावासोती खरकट्टा जंगलमा पूर्वबाट पश्चिम तर्फ जादै गरेको लु १ ख ८५३२ नं को ट्क र विपरीत दिशाबाट आउँदै गरेको बा २१ च ३४०९ नं को कार एक आपसमा ठक्कर खाँदा कारमा सवार ५ पुरुषको मृत्यु भएको  प्रहरी जनाएकाे छ । प्रहरीका अनुसार मृत्यु हुनेमा देवचुली १ केउरेनीका ३५ बर्षिय दिपक भन्ने पूर्ण बहादुर बिश्वकर्मा सोही ठाउका दिल बहादुर ढेंगा मगर,र कैलालीका सुरज राना मगर रहेको र अन्य २ जनाको सनाखत हुन बाकी रहेको प्रहरीले  बताएको छ ।

त्यसै गरी आज बिहान करिव १ः४५ बजे मध्यबिन्दु १० मा बस अनियन्त्रित भई पल्टदा एक जना को मृत्यु, भएको छ भने १६ जना भन्दा धेरै घाइते  भएका छन । मध्यबिन्दु १० अन्र्तगतको पूर्व पश्चिम राजमार्गमा पूर्वबाट पश्चिम तर्फ जादै गरेको ( दाङ बाट काठमाडौका लागि छुटेको ) ना ७ ख ८६४२ नंको बस आफै अनियन्त्रित सडक छेउमा पल्टिदा बसमा सवार सबै घाइते भएका छन । घाइते मध्ये बसका चालक मकवानपुर हेटौडाका ३५ बर्षीय लक्ष्मण तिमिल्सिनाको उपचारको क्रममा पुरानो मेडिकल चितवनमा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय नवलपुरले जानकारी दिएको छ ।

प्रहरीले १५ जनाको परिचय गरेको प्राप्त गरेको छ ,जसको नवलपुर र चितवनका बिभिन्न अस्पतालमा उपचार भइरहेको छ । उता आजै बिहान पूर्वी नवलपरासीकै चोरमारामा सुर्खेतवाट बिरगंजतर्फ आउँदै गरेको ना ४ ख ९५१० नम्वरको वस पनि अनियन्त्रित भई पल्टिँदा बसमा सवार ७ जना घाईते भएको  नवलपुर प्रहरीले जनाएको छ । घाईतेहरुको अहिले बिभिन्न अस्पतालहरुमा उपचार भइ रहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here