बाल विवाह विरुद्ध अन्तरक्रिया कार्यक्रम सम्पन्न

0
372

परासी ,५ असोज । नवलपरासीको सरावल गाउँपालिका वडा नं. ३ सरावलमा  बाल विवाह विरुद्ध अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। समाज कल्याण परिसरको ४० औ बार्षिक उत्सवको अवसरमा ए.वि.सि नेपालको आयोजना तथा स्टोम फाउण्डेशनको आर्थिक सहयोगमा सरावल गाउपालिका उपाध्यक्ष उत्तमा रायको अध्यक्षता एवम भौतिक पुर्वाधार तथा विकास मन्त्रि बैजनाथ चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हाे ।

कार्यक्रमकालाई सम्बाेधन गर्दै भौतिक पुर्वाधार तथा विकास मन्त्रि चौधरीले परम्परागतरूपमा महिनावारी हुनुअघि विवाह गर्ने धार्मिक परम्परामा सुधार आए पनि बालविवाह अपेक्षाकृत रोकिन नसकेको स्विकारेका थिए । सती प्रथाको अन्त्य जस्तै, बालविवाहको अन्त्य गरिनुपर्ने बताए । साथै अहिले को अवस्थामा बालबालिकाहरुलाई शिक्षामा बढि जोड दिनुपर्ने बताउदै बालविवाह जस्ता कुरितीलाई अन्त्य गर्नका लागी संवादका किशोर किशोरीहरु मात्र नभई स्थानिय बासिन्दा ,स्थानीय निकाय लगाएत सम्पूर्ण अगुवा ब्यक्तिहरुको सहयोग अति आवश्यक रहेको बताउनुभयो ।

यस्तैगरी सरावल गाउपालिका उपाध्यक्ष रायले बालविवाह विरुद्ध उजुरी नपरेको र उजुरी परेको अवस्थामा कानुनी कारबाई गरिने प्रतिबद्धता जाहेर गरिन । परिवारको सहभागितामैं बालविवाह हुने गरेकोले यसको रोकथामको लागि समाज अगाडि आउनुपर्ने बताउदै आफु जहिले पनि बाल विवाह विरुद्ध आवाज उठाउन किशोरकिशोरी तथा बालबालिकाहरुलाई सदैव सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको हाे ।

कार्यक्रममा सरावल गाउपालिका वडा नं ३ का वडा अध्यक्ष अणेन्द्रनाथ राय, प्रहरी चौकी गाेबरहियाका हवल्दार गणेश खड्का, समाजसेवी हरीलाल यादव, ए.वि.सि नेपालका क्षेत्रिय संयोजक मनोज लामिछाने, ए.वि.सि नेपालका कार्यक्रम अधिकृत सुन्नर हरिजन , ए.वि.सि नेपालका फिल्ड सुपरभाईजर साइदा निशा पठान, संजित शर्मा र गणेश शर्मा, समाजसेवी विनोद पाण्डे,अनिता काहार , ममता चौधरी ,पत्रकार उमेश वि.क ,सरावल गाउपालिका वडा नम्बर १ देखि ७ सम्मका किशोर किशोरी तथा बालविवाह भएका लक्ष्यित वर्गहरु लगाएत स्थानिय बासीहरुको सहभागीता रहेको थियो ।

सहभागीहरुले शिक्षाको प्रचार र परम्परागत सोचमा परिवर्तन हुनुपर्नेकुरामा जाेड दिएका थिए । कार्यक्रमका सहभागीहरुले बालबिवाह सम्बन्धि विभिन्न समस्या तथा स्थानीय निकाय तथा प्रदेश सरकारबाट भइरहेका पहल र याेजना बारे प्रश्न राखेका थिए भने प्रश्नकाे जवाफ सरावल गाउपालिका उपाध्यक्ष उत्तमा राय एवम् भौतिक पुर्वाधार तथा विकास मन्त्रि बैजनाथ चौधरीले दिनुभएको थियाे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here