नागरिकता माग गर्दै जिल्ला प्रशासनमा ज्ञापन पत्र

0
296

परासी, ५असोज । जन्मको आधारमा नागरिकता पाउनुपर्ने भन्दै आइतवा नागरिकताका लागी युवा संघर्ष समिति नवलपरासीले प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएको छ । आइतवार जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासी मार्फत प्रधानमन्त्री र गृहमन्त्री समक्ष ज्ञापन पत्र पठाईएको हो ।
नेपाली नागरिक भएपनि जन्मको आधारमा नेपाल्ी नागरिकता पाउनबाट बंञ्चित भएको भन्दै नागरिकता पाउने वातावरण निर्माण गर्न आग्रह सहित प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद मरासिनि समक्ष ज्ञापन पत्र बुझाईएको छ ।

संर्घष समितिका अध्यक्ष राकेश चन्द्र ठाकुरद्धारा हस्ताक्षरित ज्ञापन पत्रमा नागरिकता नहुदा उच्च शिक्षा बाट समेत बञ्चित हुने अवस्था आएको भन्दै आवश्यक पहल गर्न माग गरिएको छ ।

यसैबिच जन्मको आधारमा नागरिकता दिने सरकारले निर्णय गरेपनि अहिले सर्वोच्च अदालतको आदेश पछि केहिले नागरिकता पाए भने कतिले नागरिकता नपाउँदा पढ्न समेत नपाउने अवस्था सृजना भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here