परासी, ५ असोज । पश्चिम नवलपरासीबाट प्रहरीले एकजना ट्याक्टर चाेरलाइ पक्राउ गरेकाे छ । टयाक्टर चाेरलाइ प्रहरीले विशेष सुराकीकाे अाधारमा टयाक्टर सहित पक्राउ गरि चाेरी मुद्दा चलाएकाे छ । जिल्लाकाे पाल्हीनन्दन गाउँपालिका १ महेशपुर चोकबाट लु २ त ३२१४ नम्बरको चोरीको ट्याक्टर सहित प्रहरीले रामग्राम नगरपालिका १ सहुवाटिकर बस्ने २६ बर्षका जितेन्द्र मिश्रलाई पक्राउ गरि सार्वजनिक गरेको हो ।
जिल्लाकाे सुनवल नगरपालिका १२ हरकट्टा बस्ने सुमिन्त्रा यादवको नाममा रहेको लु २ त ३२१४ नम्बरको ट्याक्टर गत भदौ ३१ गते चोरी भएको र खोजतलास गर्ने क्रममा प्रहरीले शनिबार फेला पारेको हो । प्रहरीले मिश्रलाई चोरी मुद्दामा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सुचना अधिकारी विरेन्द्र थापाले बताए ।