परासी, ४ असोज । लेखापढी कानून व्यवसायीहरुको छाता संगठन नेपाल लेखापढी कानून एसोसियशन नवलपरासीको २१ औँ वार्षिक साधारण सभा तथा अधिवेशन आज परासीमा सम्पन्न भएको छ ।
एसोसियशनका जिल्ला अध्यक्ष अर्जुनबहादुर क्षेत्रीको अध्यक्षता तथा जिल्ला न्यायधिश मुरलीबाबू श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सहभागि लेखापढी कानून व्यवसायीहरुले आफुहरु पेशा संकटमा पार्न खोजिएको गुनासो गरेका थिए । मालपोत लगायतका कार्यालयमा अनलाईन प्रणाली लागू गर्दा आफूहरु विस्थापित हुने अवस्था आएको उनीहरुको भनाई थियो ।
एसोसिएशनका जिल्ला अध्यक्ष अर्जुन क्षेत्रीले आफूहरु नागरिकलाई सहज र छिटो सेवा दिलाउनका लागि लागिरहेको भन्दै नकरात्मक भावनाले नहेर्न आग्रह गर्नुभयो । सामाजिक कार्यमा पनि अग्रसर रहेर कार्य गरिरहेको बताउँदै उहाँले लेखापढी व्यवसायीको हितका लागि अक्षय कोषको स्थापना र पेन्सन योजना पनि अघि सारेको जानकारी गराउनुभयो ।
नेपाल बार एसोसियशनका जिल्ला अध्यक्ष चुराबहादुर थापाले नयाँ नयाँ प्रविधि आउँदा विस्थापित होईन् स्थापित कसरी हुन सकिन्छ भनेर व्यवसायीले सोच्नुपर्नेमा जोड दिनुभयो । लेखापढी कानून व्यवसायी एशोसियशनका केन्द्रीय उपाध्यक्ष एवं प्रदेश ५ का अध्यक्ष नेप बहादुर क्षेत्रीले कानून व्यवसायी परिषद् ऐन २०५० ले आफूहरुको अधिकार खोसेको भन्दै संशोधन गर्न माग गर्नुभयो ।
सो अवसरमा भूमिसुधार तथा मालपोत कार्यालय परासीका निमित्त प्रमुख पुष्पराज पाण्डेय, नागरिक समाजका अध्यक्ष शम्भु उपाध्याय, उपभोक्ता हित संरक्षण मञ्चका जिल्ला अध्यक्ष रामचन्द्र पौडेल, पत्रकार महासंघका पूर्व अध्यक्ष केशव पराजुली, लेखापढी कानून व्यवसायी एशोसिएशनका केन्द्रीय सदस्य लेखनाथ पौडेल, प्रदेश सदस्य देवी अर्याल, पूर्व जिल्ला अध्यक्षहरु रामबृक्ष यादव, सत्रुधन सापकोटा, ,रुपन्देही अध्यक्ष भावुकप्रसाद उपाध्याय, जिल्ला सचिव उमाशंकर गिरी, सहकोषाध्यक्ष गंगा सुर्यवंशी, लेखा समिति संयोजक जगन्नाथ गिरी, अनुशासन समिति संयोजक माधवसिंह भण्डारी, कानूनी सल्लाहकार रामकृष्ण पौडेल, व्यवसायही केशव अर्याल, ईन्द्रजित हरिजन लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
साधारण सभाको बन्द शत्रमा सचिव उमाशंकर गिरीद्धारा प्रस्तुत सांगठानिक प्रतिवेदन, कोषाध्यक्ष प्रकाश यादवको आर्थिक प्रतिवेदन पारित भएको छ ।