राजपा नवलपरासीले संविधान दिवस कालो दिन मनायो

0
275

परासी, ३ असोज । संविधान जारी भएको दिन देशैभर विभिन्न कार्यक्रम भैरहेको बेला संविधान संसोधनको माग गर्दे आएको राजपा सहित आदिवासी जनजाती महासंघले भने आजको दिनलाई कालो दिवसको रुपमा मनाएको छ ।

पश्चिम नवलपरासीको सदरमुकाम परासीमा पनि राजपा र आदिवासी जनजाति महासंघ रामग्राम नगरकमिटिको संयुक्त आयोजनामा विरोध प्रर्दशन एवं आजको दिनलाई कालो दिवसको रुपमा मनाईएको छ ।


विरोध सभालार्ई सम्बोधन गर्दे राजपाका केन्द्रिय सचिव रविदत्त मिश्रले मधेसका जनताको अधिकार सुनिश्चित नभए सम्म संविधान संसोधनको मुद्धा नछाड्ने बताउनुभयो । विगतमा आफुहरुले काग्रेस, नेकपा सहितका दलहरुलाई संविधान निर्माणमा सहयोग गर्दे आएको तर उनिहरुले त्यस्लाई अपहेलना गरेको मिश्रको भनाई छ । आजको दिनलाई कालो दिवसको रुपमा मनाउने केन्द्रिय कार्यक्रम अनुरुप कार्यक्रमलाई सम्बोधन गर्न मिश्रा शुक्रवार परासी आउनुभएको हो ।


विरोध सभामा केन्द्रिय उपाध्यक्ष अलाउद्धिन अन्सारी, महासचिव सुरेन्द्र कुमार पटेल, केन्द्रिय सदस्य पुरन चौधरी, सत्राजित यादव, शुभान अली अन्सारी, मुकुरजी गिरी, नगेन्द्र अग्रहरी, विरेन्द्र ठाकुर, शोभा देवि थारु, विजय कुमार अग्रहरी लगाएतले बोल्दै मधेसी समुदायको माग सम्बोधन हुने गरी तत्काल संविधान संसोधन गर्न माग गरेका थिए । सभा अगाडी संविधान दिवको विरोध स्वरुप कालो झण्डा सहित परासीका विभिन्न स्थान परिक्रमा गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here