सरावलमा ३१ अाैँ गाउँ स्तरीय फुटबल प्रतियाेगिता सुरु

0
345

परासी , २ असाेज। नवलपरासीको सरावल गाउँपालिका वडा नं. ३ सरावलमा ३१ अाै गाउँ स्तरीय पुरुष फुटबल खेलकुद प्रतियोगिता सुरु भएको छ ।

हिमालय युवा क्लब सरावल द्वारा आयोजना गरिएकाे सो प्रतियोगिता क्लबका अध्यक्ष नरेश कुमार फाैजदारकाे अध्यक्षता तथा सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीकाे प्रमुख अातिथ्यता एवम गाउँपालिका उपाध्यक्ष उतमा रायकाे बिशिस्ट अातिथ्यतामा फुटबल सुरु गरिएको हाे।

खेलकुद प्रतियोगितालाई सम्बाेधन गर्दै सरावल गाउँपालिका अध्यक्ष चाैधरीले खेल मानव बिकाशकाे पाटाे हाे। खेलकुदको बिकाश हुदा मानिसको अार्थिक ,सामाजिक बिकाश हुन्छ।खेलले मानिसलाई संगठित बिकसित बनाउछ ।
तसर्थ खेल मनोरञ्जनको साथै शारीरिक, मानसिक र सामाजिक सदभाव बढाउछ । विभिन्न खेलहरुले युवाहरुलाई कुलतबाट बचाउने भएकाले यस क्षेत्रमा निकट भबिष्यमा खेल क्षेत्रको बिकासका लागि आफुले सक्दो पहल प्रतिबद्धता ब्यक्त गर्नुभएको हाे।

त्यस्तै कार्यक्रमकाे बिशिस्ट अतिथिको रुपमा रहनुभएकी गाउँपालिका उपाध्यक्ष रायले खेलकुद स्वास्थ्यको लागी धेरै उपयोगी मानिने भएकोले स्थानिय स्तरमा हुदै गरेका खेलकुद र खेलकुदका खेलाडीलाई उत्कृष्ट खेलाडीको रुपमा विकास गरि राष्ट्रिय स्तरमा पुर्याउन सकिए वडाको मात्रै नभई समग्र गाउँपाकिला र जिल्लाकै नाम अगाडी जाने चर्चा गर्दै सांस्कृतिक कार्यक्रमले स्थानीय कला संस्कृतिको संरक्षणमा महत्वपूर्ण भूमिका खेलेको छ र विभिन्न खेलहरुले युवाहरुलाई कुलतबाट बचाउने भएकाले यस क्षेत्रमा निकट भबिष्यमा खेल क्षेत्रको बिकासका लागि आफुले सक्दो पहलगर्ने उँहाले आश्वासन दिनुभयो ।

कार्यक्रममा सरावल गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत झबिश्वर रेग्मी , वडा नं. ३ का वडा अध्यक्ष अणेन्द्रनाथ राय, रेडियो सन्देकाे अध्यक्ष सुखाडि प्रसाद चाैधरी,बुद्धज्याेति प्रा.बि का प्रअ बिनाेद पाण्डे, समाजसेवी जनमेजय यादव,सरावल गा.पा स्तरीय खेलकुद समिति अध्यक्ष महेन्द्र चाैधरी ,उमेश बि.क , सुवास चाैधरी लगाएतले कार्यक्रमकाे शुभकामना मन्तब्य दिनुभएको थियो ।

युवाहरूलाई कुलतबाट बचाउन, राम्रो खेलाडीकाे उत्पादन र स्वस्थकाे लागि खेलकुद राष्ट्रकाे लागि खेलकुद तथा फुटबल खेलकाे जगेर्ना गर्ने उद्देश्यले भइरहेको उक्त खेलमा सरावल गाउँपालिका, रामग्राम नगरपालिका, बर्दघाट नगरपालिका, सुस्ता गाउँपालिका, प्रतापपुर गाउँपालिका गरि ३७ अाेटा अाेटा फुटबल समूह सहभागी रहेका छन।

खेलमा प्रथम पुरस्कार – रु ४० हजार, मेडल, प्रमाणपत्र , द्वितिय पुरस्कार – रु २० हजार, मेडल, प्रमाणपत्र तथा तृतीय पुरस्कार रु १० हजार मेडल, प्रमाणपत्र राखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here