परासी, २ असोज । नवलपरासी (सुस्ता पश्चिम) बाट ६५ हजार घुस रकमसहित दुई जनालाई अख्तियार कार्यालय बुटवलको टोलीले पक्राउ गरेको छ । सब डिभिजन कार्यलय नवलपरासीका सहायक वन अधिकृत पर्शुराम चौधरीलाई ६५ हजार घुससहित पक्राउ परेका हुन् ।
उनीसँगै वन कार्यलय रहेको भवनका घरधनी मनोज कुमार चौहानलाई पनि पक्राउ गरिएको छ । उनीहरुलाई सरकारी वकिलको कार्यलय परिसरबाट पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बुटवलले जनाएको छ ।#news24tv