♦संजय कुस्वाहा–
परासी, २ असोज । सुस्ता भुमी बचाउनका लागि मरिमेटिन सुस्ताबासी अहिलेसम्म नेपाली नागरिकता नपाएको दुख व्यक्त गरेका छन् । सुस्ता भुमी जोगाउन सुस्ताबासी बर्षेनी भारतीय एसएसबी र भारतीय पक्ष संग लडदै आएका छन् तर आजसम्म उनीहरु संग नागरिकता नभएकाले उनीहरु आफनो पहिचना बन्न सकेको छैन । २०२२ सालदेखि सुस्तामा बसोबास गरिरहेका सुस्ताबासीहरु २०२४ सालमा ३६ घरबाट फैलिदै अहिले २६५ घरधुरी भएको छन जसबाट ३ हजार ३ सय ३१ जना जनसंख्या बढेको छ तर अहिलेसम्म ३०० जनाले मात्र नागरिकता पाएका छन भने उमेर पुगेपनि १ हजार ८ सय जना नागरिकता पाउनबाट बन्चित छन् ।
सुस्ताबासी संग नागरिकता नभएकाले भारत भन्छ यहाँका बासिन्दा र भुमी हाम्रो हो र केहि सुस्ताबासीलाई त आतन्कबादी समेत भन्छ तर सुस्ताबासी आफुँलाई नेपाली भएको गौरव महसुस गर्दै भारतीय एसएसबी संग लडदै आएका छन् । सरकारले सुस्ताबासीलाई नागरिकता नदिएकाले कुनै पनि सरकारी कामकाज गर्न र कारोबार गर्न कठिनाई भए संगै आफुँहरु ठुलो संकटमा परेको सुस्ता बचाउ अभियानका उपाध्यक्ष आदम खानले दुखेसो पोखे । उनले भने, गृहमन्त्रालयले जन्मको आधारमा नागरिकता लिएका छोराछोरीलाई बन्सजको नागरिकता दिने प्रक्रिया झन्झटिलो बनाएकाले सुस्ताबाट जम्मा २ जनाले मात्र नागरिकता पाउन सफल भए ।
सुस्ता भुमी सुस्ता पन्चायत रही साविकको त्रिवेणी गाविसको वडा ४ भई हाल सुस्ता गाउँपालिकाको वडा नम्बर ५ मा पर्ने एक गाउँ हो । सुस्ता गण्डक (नारायणी) नदीले घेरिएको एक गाउँ हो । सुस्ता पुग्न एक मात्र नेपाली भुमीको बाटो गण्डक नदीमा डुङ्गा तारेर पुग्ने हो अर्काे बाटो भने भारतको विहार भैंसालोटन, भेडिहारी हुदै जंगलको बाटो हो ।
४० हजार ९८० हेक्टर क्षेत्रफलमा फैलिएको सुस्ता भुमी हाल १४ हजार हेक्टर जग्गा भारतीय पक्षद्धारा अतिक्रमण भैसकेको छ । बचेको २६ हजार ९८० हेक्टर जग्गा मध्ये भारतीय एसएसबीले कब्जाउन खोजेको १९ हजार ४८० हेक्टर जग्गलाई विवादित जग्गा भन्दै सुस्ताबासीलाई जोतभोगबाट रोक लगाएको छ । हाल ७ हजार ५ सय हेक्टर जग्गा मात्र सुस्ताबासीको कब्जामा छ त्यो पनि नागरिकता र पुर्जा नभएकाले कुन बेला भारतीयले कब्जा गरिहाल्ने हो भनि सुस्ताबासीलाई चिन्ता समाएको स्थानिय रबिन्द्र यादवले चिन्ता व्यक्त गरे ।
सरकारले सुस्ताबासीलाई नागरिकताको ठाउँमा आश मात्र दियो । सुस्ताबासी संग नागरिकता भएकाले उच्च शिक्षा हासिल गर्न र नोकरी तथा रोजगारबा गर्नबाट बन्चित छन् । सुस्तामा शिक्षा, विद्युत, खानेपानी, स्वास्थ्य लगायत जस्ता महत्पुर्ण समस्याहरु पनि छन् । सुस्तामा नगदेबालीको रुपमा उखुु खेती गर्ने गर्दछन् । तयार उखु जिल्लामा ल्याउनु पर्दा भारतको भुमीबाट एसएसबीले ल्याउन दिनबाट रोक लगउदा कतिपयको उखु खेतमै सुकेर जान्छ भने कतिको नारायणीमा डुंगा पल्टेर भेलीको क्षति भएको छ । सुस्तामा हाल १४ वटा उखु क्रेसर छ । सुस्तामा शिक्षा, विद्युत, खानेपानी, बाटोबाटको व्यवस्था नरहेकाले सुस्ताबासीको जिवन संकटमा परेका सुस्ताबासी बताउछन् ।