परासी, १ असोज । पश्चिमी नवलपरासीको विभिन्न सामुदायिक बिद्यालयमा प्रतिनिधि सभा सदस्य तथा पुर्व गृहराज्य मन्त्रि देवेन्द्रराज कण्डेलको विशेष पहलमा बालबालिकालाई शैक्षिक सामग्री तथा स्कुल ब्याग बितरण मंगलबार सम्पन्न गरिएकाे छ।
प्रतिनिधि सभा सदस्य तथा पुर्व गृह राज्य मन्त्रि देवेन्द्रराज कण्डेलको विशेष पहलमा तथा चाइना फाउन्डेसन र सफा सुनौलो नेपाल संस्थाको सहयोगमा नवलपरासी जिल्लाका ९ ओटा सामुदायिक विद्यालयमा कक्षा ५ सम्मका करिव १७ सय ५० जना जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामग्री तथा स्कुल ब्याग वितरण गरिएको हो ।
जस अन्तर्गत सोमबार सुनवल ११ वाकवानी मा.बि,सार्वजनिक मा.बि तथा निम्न माध्यमिक विद्यालय रामग्राम ८ लोसडाका करिब ४ सय १७ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री र स्कुल ब्याग सांसद कण्डेलकाे प्रमुख आतिथ्यतामा तथा जिल्लाका नेतृत्व बर्ग,स्थानिय जन प्रतिनिधि,शैक्षिक ब्यतित्व बर्गको उपस्थितिमा बितरण गरिएको हाे।
त्यस्तै मंगलबार पाल्हिनन्दन १ बालशिक्षा निकेतन मा.बि, सरावल ५ डा.बिनोद निता कंडेल आधारभुत बिद्यालय , सरावल ४ बुद्ध ज्योती प्रा.बि ,सरावल ३ बालपुरी प्रा.बि , पवन मा.बि रामग्राम २ परासीमा बितरण कार्यक्रम सम्पन्न गरिएको छ।
सांसद कण्डेलले जेहेन्दार छात्र छात्रालाई स्कुल जान उत्साहित गर्न र शैक्षिक सामाग्री सहज रुपमा स्कुलमा लिन तथा विद्यार्थीहरुलाई पढाइप्रती रुचि जगाउने उद्देश्यले ब्याग सहयोग गरेको जानकारी दिनु भयो। कण्डेलले उपस्थित सम्पूर्ण छात्रछात्राहरुलाई शिक्षाको महत्वको बारेमा जानकारी गराउदै विद्यालय बाहिर रहेका गाउँ घरका अन्य बालबालिकाहरुलाई पनि विद्यालय जान प्रेरणा दिन अनुरोध गरेका थिए ।अाफु बिगतका दिनदेखि नै समाजिक काम गर्दै आएको र निरन्तर रुपमा सामाजिक काममा अग्रसर हुने सांसद कण्डेलले जानकारी दिनु भयो।
बालबालिकालाई शैक्षिक सामग्री तथा स्कुल ब्याग सहयोग मिलेको भन्दै आफू खुसी भएको बिद्यार्थी र अभिभावकहरुकाे भनाइ छ।अति बिपन्न बालबालिकालाई सहयोग गरेको शैक्षिक सामग्री तथा स्कुल ब्याग वितरणले विद्यार्थीहरुलाई नियमित रुपमा विद्यालय अाउनमा ठुलाे उत्प्रेरणा जगाएकाे र
उपलब्ध गराइदिएकोमा सांसद कण्डेललाई विद्यालयका शिक्षक शिक्षिकाहरुले ठुलाे सहयोग गरेको भन्दै धन्यवाद समेत दिए।
कार्यक्रममा सरावल गाउँपालपका अध्यक्ष राधेश्याम चाैधरी, उपाध्यक्ष उत्तमा राय, रामग्राम नगरपालिका उपमेयर रम्भा कुवर , पाल्हिन्दन गाउँपालपका उपाध्यक्ष पबित्रा काेहार,नेपाली काङ्ग्रेस जिल्ला सहसभापति सुबासचन्द्र गिरी , बिनाेद पाण्डे लगाएतले उक्त सहयोगले बालबालिकाको विद्यालयसम्मको पहुँच विस्तार गर्दै पढाइलाई निरन्तरता दिन सहयोग पुर्याउने भन्ने कुरामा जाेड दिइएका थिए ।