काठमाडौं, १ असोज। विविध सामग्रीका साथ बजारमा आएका दैनिक पत्रिकाहरूको पहिलो प्राथमिकतामा आज अनियमितता र बेथितिसँग सम्बन्धित विषय परेका छन् ।
नागरिकले काम नगर्ने देशभरका निर्माण कम्पनीबारे मुख्य समाचार बनाएको छ । समाचार अनुसार देशभर काम नगर्ने ठेकदारको संख्या १ हजार ८ सय ४८ छ । बेइमान निर्माण कम्पनीको सूचीमा यति धेरै सूचीकृत भए पनि कालोसूचीमा भने ५८ वटा मात्रै परेका छन् ।
नागरिक लेख्छ– मुलुकभरका अधिकांश आयोजना समयमा काम नभएर अलपत्र अवस्थामा छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत वर्ष गरेको अनुसन्धानले पनि एक हजार ८ सय ४८ आयोजना लथालिंग अवस्थामा देखाएको थियो । तर, अहिलेसम्म जम्मा ५८ ठेकदारलाई मात्र कालो सूचीमा राखिएको छ ।’