बर्दघाट नगरपालिकाद्धारा डेंगु रोग परिक्षणका लागी स्वास्थ्य सस्थालाई परिक्षण किट हस्तान्तरण

0
590

बर्दघाट, ३१ भदाै । डेंगु रोग र लार्भा नस्ट अभिमुखिकरण कार्यक्रम अन्र्तगत पश्चिम नवपरासीको बर्दघाट नगरपालिकाले नगर भित्र रहेका दुई स्वास्थ्य कार्यालयलाई मंगलबार एक कार्यक्रमका बीच डेंगु रोग परिक्षणका लागि एक सय किट हस्तान्तरण गरेको छ । बर्दघाटको चौपत्तामा रहेको शहिद स्मृति अस्पताल र चिसापानी अस्पताललाई ५०, ५० थान डेंगु परिक्षण किट हस्तान्तरण गरिएको बर्दघाट स्वास्थ्य शाखाका प्रमुख कृष्ण हरि पौडेलले बताउनुभएको छ ।

डेंगु रोगको संक्रमण फैलिएसंगै बर्दघाट नगरपालिकामा पनि ५ जनामा डेंगु रोगको संक्रमण देखिएको समेत उहाँले जानकारी गराउनुभएको छ । यसलाई न्युनिकरण गर्नका लागी नगरपालिकाले विभिन्न सचेतनामुलक कार्यक्रमहरु संचालन गर्ने लक्ष्यका साथ वडा नम्बर ४, १२, १३, १४ र १६ मा सचेतनामुलक कार्यक्रम सम्पन्न गरिएको र बाकी रहेका वडाहरुमा पनि सचेतनामुलक कार्यक्रमलाई निरन्तरता दिने र यसको रोकथामाम सबैको साथ र सहयोगको अपेक्षा रहेको बर्दघाट नगरपालिकाकी नगर उपप्रमुख माया देवी पौडेलले बताउनुभएको छ ।

त्यसैबीच, बर्दघाट नगरपालिका वडा नं ४ ले नगरक्षेत्रभित्र डेंगु रोगको संक्रमण हुन सक्ने भन्दै त्यसको न्यूनिकरणका लागि वडाका सबै टोल विकास सस्थाका पदाधिकारीहरु संग अन्र्तकया कार्यक्रम सम्पन्न गरेको छ । वडा भित्रका २१ वटा टोल विकास समितिका पदाद्यिकारीहरु र सरोकारवाला निकायहरु सम्मिलित अन्र्तकृया कार्यक्रममा वडाध्यक्ष रबिन्द्र बिक्रम हमालको अध्यक्षता र बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा वस्यालको प्रमुख आतिथ्यता रहेको थियो ।

सो अवसरमा सहभागिहरुले नगरभित्र डेंगु रोग नियन्त्रण गर्न सामूहिक पहल गर्ने प्रतिबद्धता समेत जनाएका छन् । मुलुकभरका ६२ जिल्ला अहिले डेंगु रोग फैलिएको छ । त्यसबाट ७ हजार बढी नागरिक संक्रमित भएका छन् । डेंगुको संक्रमण रोक्न मंगलवार बर्दघाट नगरपालिका वडा नं ४ ले डेंगु रोग र लार्भा नस्ट अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको हो । वडा नं. ४ ले आफ्नो वडाका २१ वटा टोलको सरसफाईका लागि ५ लाख २५ हजार (प्रति टोल २५ हजार ) रकम विनियोजन गरी सकेको वडाध्यक्ष रविन्द्र विक्रम हमालले बताउनु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here