लैङ्गिक हिंसा न्यूनीकरणमा विद्यार्थीको अहम भुमिका

0
523

परासी, २६ भदौ। राष्ट्रिय बाल दिवसको अवसरमा गाउपालिका स्तरीय लैङ्गिक हिंसा विभेद र यस्को न्यूनीकरणमा विद्यार्थीको भुमिका विषयक प्रतियोगिता सम्पन्न भएको छ।

सहज परियोजनाको आयोजना तथा पाल्हीनन्दन गाउपालिकाको समन्वयमा राधाकृष्ण माबी बिस्नुपुरामा सो कार्यक्रम सम्पन्न भएको हो। विद्यालयको प्रअ रामाशन्कर त्रीपाठीको अध्यक्षता तथा गाउपालिका अध्यक्ष बैजु प्रसाद गुप्ताको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा भिएसो, माहुरी होम, इन्टर्नेस्नल एलर्टको सहयोग रहेको छ।

प्रतियोगितामा संस्थागत र सामुदायिक विद्यालय गरि कुल ८ वटा विद्यालयले भाग लिएको छ। प्रतियोगितामा मुनलाइट ईंग्लिश बोर्डिङ स्कुल महेसपुर प्रथम भएको छ भने दित्तिय हुनेमा न्यु सनराइज ईंग्लिश बोर्डिङ स्कुल अमानिगन्ज र तृतीय मुनलाइट इङलिस बोर्डिङ स्कुल बैर्वा भएको सहज परियोजनाका सामाजिक परिचाल रमेश चौहानले जानकारी दिएका छन।

प्रतियोगितामा जीत हासिल गर्ने विद्यालयहरुलाइ कप र शैक्षिक समाग्री पुरस्कार बितरण गरिएको छ। कार्यक्रममा प्रमुख अतिथी बैजु प्रसाद गुप्ता, विशिष्ट अतिथी माहुरीहोमको महासचिव माया ज्ञवाली, सहज परियोजनाको कार्यक्रम अधिकृत पुर्णिामा राना लगायतले मन्तव्य राखेका छन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here