परासी, २५ भदाै । आज दोश्रो दिनपनि ताजिया मेलामा दर्शकको भिडभाड बढदै गएको छ । पश्चिम नवलपरासीमा मंगलबारदेखि शुरु भएको विशाल ताजिया मेलामा दर्शकहरुको भिडभाड बढदै गएको छ । हिन्दु मुस्लिमको आस्थाका केन्द्र मानिने ताजिया मेलामा दुबै समुदायले मिलीजुली यो पर्व मनाउदै आएका छन ।
मुस्लिम समुदायको महानव पर्व महोर्रमको अवसरमा जिल्लाको विभिन्न ठाउँमा बाँसको विशाल ताजिया बनाई मेला संचालन गरिएको छ । यो मेला मंगलबार शुरु भई लागतार तिन दिसम्म चल्ने बताइएको छ । जिल्लाको सदरमुकाम परासी, सरावल गाउँपालिका वडा ४ पुर्नहा, वडा ७ भुजहवाँ, पाल्हीनन्दन गाउँपालिका १ महेसपुर लगायतका क्षेत्रमा विशाल ताजिया निर्माण गरि मेला संचालन गरिएको बताइएको छ ।
मेलामा बालउद्धान, थकरी, ढाँक तासा र लाठी भाला प्रदर्शन गर्ने जस्ता मनोरन्जनात्मक खेलको प्रतियोगिता पनि भैरहेको परासी ताजिया मेला आयोजक समितिका सचिव राजु देवानले जानकारी दिए । उनले भने, यि खेलहरुमा जिल्लाको विभिन्न गाउँबाट प्रतियोगि टिमहरु लागातार तिनदिनसम्म आफनो कला प्रस्तुत गर्ने छन् । प्रतियोगितामा उत्कृष्ट टिमलाई साईकल, घडी पन्खा जस्ता पुरस्कारको व्यवस्था पनि गरिएको उनले बताए ।
यो पर्व मुस्लिम समुदायले ईस्लाम धर्मका संरक्षक हजर ईमाम हुसैनको सम्झनामा मनाउने गर्दछन् । हिजरी क्यालेण्डर अनुसार प्रत्येक बर्ष मोहर्रम महिनाको १० तारिखका दिन यो पर्व मनाउदै आइएको मुस्लिम धर्मालम्बीहरु बताउछन् । यसै दिन ईस्लामका धर्म संरक्षक, धर्म गुरु हजरत ईमाम हुसैनले तत्कालिन यजिदी समुदायसंग युद्ध लडेर ईस्लाम मजहबलाई बचाएका थिए ।
उनी ईस्लाम धर्म बचाउन आफनो परिवार सहित शहिद भएपनि ईस्लाम धर्मलाई बचाएकाले उनको सम्झनामा मुस्लिम समुदायले बाँसको विशाल ताजिया बनाई श्रद्धापुर्वक दर्शन गरि सो पर्व मनाउने गरेका छन् । मुस्लिम समुदाय यस पर्वमा बर्त बस्ने, दानपुनः गर्ने, नमाज पढने पवित्र धर्मग्रन्थ कुरान मजिस पढने जस्ता कार्यहरु गर्ने मुस्लिम धर्मावलम्बीहरु बताउछन् ।