खाेलाबाट अवैध रूपमा गिट्रटीबालुवा चाेरी गरिरहेकाे १४ वटा ट्याक्टर प्रहरीकाे नियन्त्रणमा

0
275

नवलपरासी, २४ भदौ । नवलपरासीको दुम्किबासबाट प्रहरीले १४ वटा ट्याक्टर नियन्त्रणमा लिएको छ । विनयी त्रिवेणी गाउँपालिकाको विनयी खोलाबाट अवैध रुपमा नदीजन्य वस्तु निकासी गरिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय दुम्किबासले १४ वटा ट्याक्टर नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएको ट्याक्टर अहिले इलाका प्रहरी कार्यालय दुम्किबास नयाँ बेलहानीमा रहेको छ । नियन्त्रणमा लिएकाे ना ७ त २८८२, ना १ त ३७४१, ना ५ त २२०, ना ७ त २५०५, लु ७ त २९८०, लु ३ त ८८१८, लु ५ त १९३२, लु ४ त ४४१, लु ४ त २१४९, ना ६ त ३२८१, लु ४ त १३९९, लु ६ त ४९४१, लु २ त ९०६४, लु ३ त ४९३९ नम्बरको ट्याक्टरहरू रहेकाे प्रहरीले जनाएकाे छ ।  #दाउन्ने न्यु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here