परासी, २४ भदौ । सुनवल उद्योग बाणिज्य संघले छिमेकी जिल्लाका विभिन्न चेम्बरहरु भ्रमण गरेको छ । पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा स्थापित उद्योग बाणिज्य संघका कार्यसमितिले रुपन्देहिको सिद्धार्थ, तिलोत्तमा र बुटवल उद्योग बाणिज्य संघलाई भ्रमण गर्दै ति संघका पदाधिकारी एवं सदस्यहरु संग परिच्यात्मक कार्यक्रम समेत गरेको हो ।
सुनवल उद्योग बाणिज्य संघलाई विस्तार बलियो संघको रुपमा स्थापित गर्न रुपन्देहीका विभिन्न शाखा चेम्बरहरु भ्रमण अवलोकन गरि अनुभव आदानप्रदान गर्ने उद्देश्यले सो भिजिट कार्यक्रम गरिएको संघका अध्यक्ष रमेश कर्माचार्यले जानकारी दिए । संघका अध्यक्ष कर्माचार्यको नेतृत्वमा निस्केको टोलीले सिद्धार्थनगर उद्योग बाणिज्य संघलाई भ्रमण गर्दै संघका पदाधिकारी एवं कार्यसमिति सदस्यहरु संग परिच्यात्मक कार्यक्रम समेत गरेको थियो ।
सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष कुल प्रसाद न्यौपानेको अध्यक्षतामा भएको सुनवलका टोलीलाई स्वागत तथा परिच्यात्मक कार्यक्रममा सुनवल उद्योग बाणिज्य संघका अध्यक्ष कर्माचार्यले राखेको विभिन्न जिज्ञासालाई अध्यक्ष न्यौपानेले मेटेका थिए ।
त्यस्तै तिलोत्तमा उद्योग बाणिज्य संघलाई पनि सुनवल उद्योग बाणिज्य संघका टोलीले भ्रमण गर्दै अनुभव आदान प्रदान गरेको थियो । त्यस पश्चात उक्त टोलीले बुटवल उद्योग बाणिज्य संघलाई भ्रमण गर्दै संघका अध्यक्ष खिम बहादुर हमाल, बरिष्ठ उपाध्यक्ष उज्जवल कसजु, कोषाध्यक्ष बिमल भट्टराई सहित संघका विभिन्न पदाधिकारी एवं कार्यसमिति सदस्यहरु संग परिचय पनि गरिएको थियो ।
यस क्षेत्रकै पुरानो उबा संघ बुटवलबाट धेरै कुरा सिक्न सुनवलको टोली आएको भन्दै संघलाई हाक्न र यसको विस्तार विकासका लागि कसरी अगाडी बढने भन्ने विषयमा उठेको जिज्ञासालाई बुटवल उवा संघका अध्यक्ष हमालले जिज्ञासा मेटेको सुनवल उबा संघका सदस्य यज्ञ प्रसाद पौडेलले जानकारी दिए ।
त्यस्तै सुनवल उबा संघ टोलीले नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश ५ लाई पनि भ्रमण गर्दै महासंघका प्रदेश संयोजक गुणनिधि तिवारीलाई आफनो नगर क्षेत्रभित्र उद्योग व्यवसाय र करमा देखिएको समस्या बारे जानकारी गराएका थिए ।
सुनवल उद्योग बाणिज्य संघले आगामी मंसिरमा लगाउन लागेका प्रदर्शनी मेलाको बारेमा अनुभव लिन र संघलाई बलियो बनाउन कसरी अगाठी बढने भन्न विषयमा अनुभव लिन छिमेकी जिल्लाका विभिन्न चेम्बर शाखाहरुलाई भ्रमण गरेको संघका महासचिव तेज प्रसाद भण्डारीले जानकारी दिए । संघ भ्रमण गर्दा सुनवल उबा संघले भिजिट गरेका संघहरुलाई मायाको चिनो समेत प्रदान गरि ति संघहरुबाट मायाको चिना ग्रहण पनि गरेको थियो ।