परासी, भदाै २४ । पश्चिम नवलपरासीमा विशाल ताजिया मेला आजदेखि शुरु भएको छ । मुस्लिम समुदायको महानव पर्व महोर्रमको अवसरमा जिल्लाको विभिन्न ठाउँमा बाँसको विशाल ताजिया बनाई मेला मेला संचालन गरिएको छ । यो मेला लागतार तिन दिसम्म चल्ने बताइएको छ । जिल्लाको सदरमुकाम परासी, सरावल गाउँपालिका वडा ४ पुर्नहा, वडा ७ भुजहवाँ, पाल्हीनन्दन गाउँपालिका १ महेसपुर लगायतका क्षेत्रमा विशाल ताजिया निर्माण गरि मेला संचालन गरिएको बताइएको छ
मेलामा बालउद्धान, थकरी, ढाँक तासा र लाठी भाला प्रदर्शन गर्ने जस्ता मनोरन्जनात्मक खेलको प्रतियोगिता पनि भैरहेको परासी ताजिया मेला आयोजक समितिका सचिव राजु देवानले जानकारी दिए । उनले भने, यि खेलहरुमा जिल्लाको विभिन्न गाउँबाट प्रतियोगि टिमहरु आजदेखि लागातार तिनदिनसम्म आफनो कला प्रस्तुत गर्ने छन् । प्रतियोगितामा उत्कृष्ट टिमलाई आकर्षण पुरस्कारको व्यवस्था पनि गरिएको उनले बताए ।
यो पर्व मुस्लिम समुदायले हिजरीको १२ आंै महिना मोहर्रमको १० तारिखका दिन मनाउदै आइएका छन् । यसै दिन ईस्लामका धर्म संरक्षक, धर्म गुरु हजरत ईमाम हुसैन रजिअल्लाहो तआला अन्होले तत्कालिन यजिदी संग युद्ध लडेर ईस्लाम मजहबलाई बचाएका थिए । उनी ईस्लाम धर्म बचाउन आफनो परिवार सहित शहिद भएपनि ईस्लाम धर्मलाई तत्कालिन तुक्ष यजिदीहरुको हातमा जानबाट बचाएकाले उनको सम्झनामा मुस्लिम समुदायले बाँसको विशाल ताजिया बनाई पर्व मनाउने गरेको बताउछन् ।
करिब एक बर्षमा तयार हुने ताजिया निर्माण गर्दा बाँसको फट्टी जोडी–जोडी विशाल ताजिया निर्माण गरिन्छ । लगातार २देखि ३ जनासम्म मिस्त्रीहरु खटेर खण्ड खण्डमा बनाइएको ताजियामा रङ्गविरङ्गको कागजमा विभिन्न मस्जिद एवं मजारको डिजाई बनाई ताजिमा टाँसेर सन्दरीकरण गर्नेगर्दछन् । ताजिया मेलामा नेपाल भारतबाट करिब लाखांै दर्शकहरु मेला अवलोकन गर्न आउने आयोजकहरुले अनुमान गरेका छन् । यस पर्वमा बर्त बस्ने, दानपुनः गर्ने, नमाज पढने पवित्र धर्मग्रन्थ कुरान मजिस पढने जस्ता कार्यहरु गर्ने मुस्लिम धर्मावलम्बीहरु बताउछन् ।