परासी, २२ भदाै । भदाै २४ गते मंगलबार परासी बजारमा लाग्ने भव्य ताजिया मेलाको तयारी पुरा भएको छ । मुस्लिम समुदायको महान पर्व मोहर्रम पर्वको अवसरमा स्थानियले करिब ८० फिट अग्लो विशाल ताजिया बनाई तिन दिन मेला लगाउने योजना बनाएका छन् । उक्त ताजिया मेला भदांै २४ गते मंगलबार देखि शुरु भई ३ तिनसम्म मेला चल्ने ताजिया मेला समितिका संयोजक सुकई मिँयाले जानकारी दिए । यस विशाल ताजिया मेलाको उद्दघाटन रामग्राम नगरपालिका प्रमुख नरेन्द्र कुमार गुप्ताद्धार हुने कार्यक्रम तय गरिएको छ ।
ताजिया निर्माण गर्दा बाँसको फट्टी जोडी रङ्गविरङ्गको कागजमा डिजाई बनाई ताजिमा टाँसिएको छ । उक्त ताजिया ४ खण्डको गरि लम्बाई र चौडाई गरि करिब ८० फिटको हुने समितिका सचिव राजु देवानले बताए । यस ताजिया मेलामा नेपाल भारतको विभिन्न ठाउँबाट दर्शकहरु आउने अनुमान गरिएको छ । मेलामा मनोरञ्जनका लागि थकरी, लाठी ढाँक तासा बजाउने र खेल्ने जस्ता प्रतियोगिताहरु पनि राखिएको छ । प्रतियोगितामा जित हासिल गर्ने टिमलाई आकर्षण पुरस्कारको व्यवस्था पनि गरिएको छ । यसैगरि जिल्लाको महेसपुर, भुजहवाँ र रम्पुरवाँ गरि ४ ठाउँमा विशाल ताजिया निर्माण गरिएको बताइएको छ ।
ताजिया मुस्लिम समुदायमा हिजरीको १२ आंै महिना मोहर्रमको १० तारिखका दिन मनाईदै आइएको छ । यसै दिन ईस्लामका धर्म संरक्षक,धर्म गुरु हजरत ईमाम हुसैन रजिअल्लाहो तआला अन्होले तत्कालिन यजिदी संग युद्ध लडेर ईस्लाम मजहबलाई बचाएका थिए । यो युद्ध ईराकको बगदाद स्थित करबलामा भएको थियो । धर्म गुरु हजरत ईमाम हुसैनले आफनो घर परिवार सहित युद्ध लड्दा लड्दै शहिद भएएका थिए । उनी ईस्लाम धर्म बचाउन आफनो परिवार सहित शहिद भएपनि ईस्लाम धर्मलाई तत्कालिन तुक्ष यजिदीहरुको हातमा जानबाट बचाएका थिए ।
धर्मको संरक्षण गर्ने हजरत ईमाम हुसैन र उनको परिवारको सम्झनामा यो पर्व मनाईने गरिन्छ । यस पर्वमा बर्त बस्ने, दानपुनः गर्ने, नमाज पढने पवित्र धर्मग्रन्थ कुरान मजिस पढने जस्ता कार्यहरु गर्ने मुस्लिम धर्मावलम्बीहरु बताउछन् ।