शसस्त्र प्रहरी द्वारा ३३ हजार बराबरको कुखुरा बरामद

0
290

संजय कुशवाहा-

परासी , १६ भदौ । नवलपरासीकाे सुस्ता गाउँपालिका वडा नं. ५ पक्लिहवामा सोमबार दिउँसोको समयमा शसस्त्र प्रहरी द्वारा ३३ हजार बराबरको कुखुरा बरामद गरिएको छ।

शसस्त्र प्रहरी बोडर अउट पोष्ट गुठी परसौनी द्रोरा भारतबाट अबैध रुपमा नेपालतर्फ ल्याउदै गरेको अवस्थामा सुस्ता गाउँपालिका वडा नं ५ पक्लिहवामा ब्राेइलर कुखुरा एक क्युटल बरामद गरेको थियो ।

सशस्त्र प्रहरी निरिक्षक सुमन अधिकारीको कमाण्डमा खटिएको टाेलिलाई देखि पछि भरतिय नम्बर पलेट मोटरसाइकल छाडेर भागेकाे शसस्त्र प्रहरीका निरिक्षक अधिकारीले जानकारी दिनुभएको छ ।

बरामद गरिएको ब्राेइलर कुखुरालाई पशु क्वाराईटाईन,स्थानिय बासिन्दा तथा पत्रकारहरुको रोहबरमा नष्ट गरिएको शसस्त्र प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here