उमेश बि.क.-
परासी ,१६ भदौ ।नवलपरासीको सरावल गाउँपालिका वडा नं. ४ हातिबनकाे पिडुरा नदिमा अाइतबार साझ साढे ५ बजेतिर नुहाउदै गरेको अवस्थामा वेपत्ता भएका युवा साेमबार बिहान १० बजेतिर मृत अवस्थामा फेला परेका छन।
वेपत्ता भएका युवालाई गाेबरहिया प्रहरीचाैकि ,जिल्ला प्रहरी टाेलि,घरपरिवार र स्थानीयको सकृयतामा नदिकाे किनारमा खाेज्ने क्रम जारी रहदा साेमबार बिहान १० बजेकाे समयमा पिडुरा नदिमा नुहाइरहेकाे ठाउभन्दा ५० मिटर टाढा बेल र बासकाे जरामा तल अल्झिएकाे अवस्थामा मृत फेला परेको जन्मेजय यादवले जानकारी दिनुभएको छ ।
स्थानीय बासिन्दा अनुसार हातिबन बस्ने रबिन्द्र यादवकाे छाेरा बर्ष १९ काे शैलेन्द्र यादव अाइतबर साथिहरुसंग पिडुरा नदिमा पौडि खेल्ने क्रममा नदिमा डुबि वेपत्ता भएका थिए ।
तिताेतमा बिद्यालय बुटवल कक्षा १२ मा पढदै गरेका शैलेन्द्र शनिबार हातिबन घर अाएर अाइतबार साथिहरुसंग पिडुरा नदिमा नुहाउन गएको र नुहाउने क्रममा डुबेपछि साथिहरु गाउँमा अाएर हाेहल्ला गरेपछि अभिभावक तथा स्थानीयबासि खोज्नजादा नभेटिएकाे हातिबनबासि बिनाेद पाण्डेले जानकारी दिनुभएको हाे।
मृतक यादवकाे शव पृथ्वी चन्द्र अस्पताल पोष्टमार्टमकाे लागि लगिएको गाेबरहिया प्रहरीचाैकि इन्चार्ज सिबि अाेलिले जानकारी दिनुभएको छ।