भारतीय सवारी सुविधाका लागि भन्सारमा प्रयोग गरिएको अनलाईन प्रणाली हटाउन विभिन्न राजनितिक दलका माग

0
516

  • अब्दुल रज्जाक राइन–

महेसपुर, १६ भदौ । भारतीय सवारी साधनको सुविधा तथा भन्सार अनलाईन प्रणाली मार्फत नियमन गर्ने व्यवस्थालाई नवलपरासीका विभिन्न राजनितिक दलहरुले विरोध गरेका छन् । भन्सार विभागले, आर्थिक ऐन अनुसार १ वर्षमा बढीमा ३० दिनसम्म मात्र भारतीय सवारी साधनले भन्सार र सुविधा लिन पाउने कानूनी व्यवस्थालाई नियमन गर्न भदांै १ गतेदेखि देशभरिका भन्सार कार्यालयमा अनलाईन प्रणाली मार्फत भन्सार तथा सुविधा दिने व्यवस्था लागु गरेको छ । भन्सार विभागको सो निर्देशनलाई जिल्लाको नेपाली कांग्र्रेस, राष्ट्रिय जनता पार्टी र संघिय समाजवादी पानी नेपाल पार्टीले चर्काे विरोध गर्दै जिल्ला प्रशासन र भन्सार कार्यालय मार्फत अर्थ मन्त्रालयलाई ज्ञापन पत्र बुझाएका हुन ।

विगतमा कागजी ढड्डाको रेकर्ड राखेर सुविधा तथा भन्सार रसिद काटेर भारतीय मोटरसाईकल तथा चार पांग्रे साना सवारी साधनको भन्सार तथा सुविधा गर्ने कार्य हुदै आएको थियो । तर भदांै १ गतेदेखि लागुको भएको अनलाईन प्रणाली कुन गाडी कति पटक सुविधा तथा भन्सार लियो भन्ने रेकर्ड थाहा हुने र बर्षमा एउटा गाडीले ३० पटक भन्दा बढि सुविधा तथा भन्सार अनलाईनले स्वीकार नगर्ने व्यवस्था हटाउनु पर्ने ति दलहरुको माग रहेको छ ।

नेपाली कांग्रेस पाल्हीनन्द गाउँपालिका ईकाई समितिका सभापति हरिहर चौहानको नेतृत्वमा प्रदेश सांसद बैजनाथ जयसवाल, गाउँपालिका उपाध्यक्ष पावित्रा कोहार, नेका जिल्ला संगठन विभाग प्रमुख राजेन्द्र सहानी, कार्यकर्ता, धर्मेन्द्र मौय, दिपु जयसवाल, लगायतको टोलीले भन्सार कार्यालय र जिल्ल प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएका हुन् ।

त्यस्तै प्रदेश सांसद बैजनाथ जयसवालले पनि, नेपाल तथा भारत बिच १९५० मा भएको सुगौली सन्धी सम्झौता अनसुसार ३५० दिन नेपाली तथा भारतीय सवारी साधान नेपाल भारत आवत जावत गर्न पाउने सुविधालाई कायम गर्नु पर्ने माग राख्ने जिल्ला प्रशासन कार्यालय मार्फत अर्थ मन्त्री युवराज खतिवडलाई ज्ञापन पत्र बुझाएका हुन् ।

त्यस्तै राजपाका जिल्ला संयोजक मुकुरजी गिरीको नेतृत्वमा राजपाका महासचिव सुरेन्द्र पटेल, केन्द्रिय सदस्य पुरन चौधरी, अध्यक्ष मण्डल सदस्य बिजय अग्रहरी, रबिन्द्रं यादव, उपाध्यक्ष श्रीनिवास यादव, कोषाध्यक्ष नगेन्द्र अग्रहरी, जिल्ला सदस्य श्रीकान्त मिश्रा लगायतले भन्सार कार्यालय र जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएका छन् ।

यस्तै संघिय समाजवादी पाटी नेपालको तर्फबाट पार्टीका नेता एवं पाल्हीनन्द गाउँपालिका वडा १ का अध्यक्ष लल्लन यादव, वडा ४ का अध्यक्ष संयज पाठक लगायको टोलीले पनि ज्ञापन पत्र बुझाएको छ । सो भन्सार पाल्हीनन्दन गाउँपालिका १ मा पर्द छ । यस अन्तर्गत भुजहवाँ, विष्णुपुरा, झुल्नीपुर र त्रिवेणी गरि ४ वटा छोटी भन्सारहरु पनि संचालित छन् ।

नेपालमा प्रवेश गर्ने भारतीय सवारी साधनको अनलाईन सुविधामार्फत वर्षको ३० दिन मात्र सुविधा पाउने व्यवस्था लागू गर्दा दुई देशबीचको सम्बन्धमा असर गर्नुका साथै सर्वसाधारणलाई समस्या पर्ने भएकोले वर्षभरि नै सुविधा दिने व्यवस्था गर्न ति दलहरुको माग रहेको छ । यदि यो व्यवस्था नहटे एकजुट भएर चरण बद्ध आन्दोलनमा उत्रिने दलहरुले चेतावनी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here