असल छिमेकी नेपालद्धारा विद्यार्थीहरुलाई सरसफाई किट्स वितरण

0
296

परासी, १३ भदौ । असल छिमेकी नेपालले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई व्यक्तिगत सरसफाईमा काम लाग्ने सामाग्रीहरु वितरण गरेको छ । संस्थाले वाश क्याम्प कार्यक्रम मार्फत स्वास्थ्य सचेतना प्रबद्धर्न गर्ने उद्देश्यले विद्यार्थीहरुलाई ८ प्रकारका सरसफाई किट्स वितरण गरेको हो ।

संस्थाको आयोजना तथा पाल्हीनन्दन गाउँपालिका ६ वडा कार्यालयको समन्वयमा श्री सुकदेव माविमा अध्ययनरत कक्षा १ देखि ८ सम्मका ४२० जना विद्यार्थीहरुलाई सो सरसफाईका सामाग्रीहरु वितरण गरिएको हो । उक्त सामाग्री वितरण कार्यक्रमको गाउँपालिका अध्यक्ष बैजु प्रसाद गुप्ता, वडा ६का अध्यक्ष कृष्णचन्द्र यादव लगायतले अनुगमन पनि गरेका हुन् । अनुगमनमा पुगेका अध्यक्ष गुप्ताले सामाग्री वितरण कार्यक्रमको उद्दघाटन पनि गरेका हुन ।

संस्थाले वाश क्याप कार्यक्रम अन्तर्गत विद्यार्थीहरुमा स्वास्थ्य सचेतना जगाउन सहित तरिकाले हात धुल्ने, ब्रस गर्ने मुख धुल्ने, नेल काटने, काईयो गर्ने फोहोर मैला कपडा धुल्ने, नियति नुहाउने जस्ता क्रियाक्लापलाई सिकाउदै सो किट्सहरु वितरण गरिएको असल छिमेकी नेपाल नवलपरासीका कार्यक्रम अधिकृत पुरनसोती मगरले जानकारी दिए । उनले भने, विद्यालयका ४२० जना छात्र÷छात्राहरुलाई तुथपेष्ट, ब्रस, नेलकटर, रुमाल, काइयो, कपडा धुल्ने र नुहाउने साबुन, ब्यागहरु वितरण गरि स्वस्थ्य सचेतनालाई प्रबद्र्धन गरिएको बताए ।

संस्थाले विद्यार्थीहरुको आनीबानी सुधार्न र व्यक्तिगत सरसफाईलाई अभ्यास गराउन संस्थाका विभिन्न कर्मचारीहरु परिचालन गरि व्यक्तिगत सरसफाई कसरी गर्ने भनि सिकाएका थिए । यो संस्था पुर्वी नवलपरासीको कावासोती र मध्यविन्दु नगरपालिकामा काम गरिरहेको छ भने पश्चिम नवलपरासीको सरावल गाउँपालिका र पाल्हीनन्दन गाउँपालिका क्षेत्रभित्र स्वास्थ्य, शिक्षा र जिविको पार्जन क्षेत्रमा काम गर्दै आएको संस्थाका स्वास्थ्य विभाग प्रमुख मिलन अधिकारीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here