राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाद्धारा रामग्राम स्तुपको अवलोकन

0
356


परासी, १० भदौ । राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले रामग्राम स्तुपलाई अवलोकन गरेका छन् । लुम्बिनी आएका अध्यक्ष तिमिल्सिनाले गौतम बुद्धको अष्तिधातु रहेको एतिहासिक पुरातात्विक स्थल रामग्राम स्तुपको अवलोकन गर्दै यसको विकासका लागि आवशयक पहल गर्ने बताएका हुन् ।

राष्ट्रिय सभाका अध्यक्ष तिमिस्लिना संगै यसै जिल्लाका राष्ट्रिय सभा सदस्य रामलखन हरिजन, प्रदेश सभा सदस्य बैजनाथ जयसवाल, रामग्राम नगरपालिका प्रमुख नरेन्द्र कुमार गुप्ता, नागरिक समाजका अध्यक्ष सम्भु उपाध्याय, उद्योग बाणिज्य संघका अध्यक्ष केशव भण्डारी लगायतको उपस्थिती रहेको थियो । स्तुपको अवलोक गर्दै अध्यक्ष तिमिल्सिनाले यसको विकासका लागि तिनै तहको सरकारले लगानी गर्नुु पर्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here