किन बढ्दैछन् आत्महत्या ?

0
601

डा. गंगा पाठक—

नेपालमा पछिल्लो समयमा दैनिकजसो आत्महत्याका घटना सार्वजनिक भइरहेका छन् । पछिल्लो समय दैनिक १५ जनासम्मले आत्महत्या गरेको तथ्यांक नै सार्वजनिक भएको छ । आखिर किन यस्तो भइरहेको छ ? यसको अर्थ हो, मानिसहरु एक्लोपन महसुस गरिरहेका छन् । त्यही एक्लोपनले गर्दा मानिस आत्महत्या जस्तो गलत बाटो रोज्न लागिपरेका छन् । हामीले समाजमा उपयुक्त ढंगले सिकाउन नसकेका कारण नै यस्तो अवस्था आएको हो । यस्तो अवस्था आउन नदिनका लागि राज्य तथा परिवारले पनि ध्यान दिनु जरुरी हुन्छ  ।

सामाजिक सञ्जालको प्रभाव

मुख्य कुरा सामाजिक सञ्जालले गर्दा किशोर किशोरीहरु यस्ता घटनाको शिकार भइरहेको पाइएको छ । म आफैं कार्यरत नेशनल इन्स्टिच्युट अफ साइको एजुकेसनल काउन्सेलिङ्गमा सामाजिक सञ्जालबाट शुरु भएका समश्या सम्बन्धी बालबालिकाका विषय आउने गरेका छन् ।  पहिला विभिन्न हिसाबले सम्पर्कमा आउने, फोटो पनि खिच्ने र पछि झगडा परेपछि पहिला गरिएका कामलाई लिएर गल्ती महसुस गर्ने गरेको पाइएको छ । कतिपयले ती सामान्य कुरालाई नै सहन नसकेर आत्महत्या गरेको समेत पाइएको छ । समाजमा यस खालका गतिविधि बढ्दै गइरहेका छन् ।

त्यसैले बाहिर मानिसको सम्पर्कमा जाने भन्दा पनि किशोरकिशोरी सामाजिक सञ्जालमा अल्झने र एकोहोरो हुने खालको अवस्था आइरहेको पाइएको छ । त्यसले गर्दा अभिभावक र शिक्षकले पनि उचित परामर्श बालबालिकालाई दिनु जरुरी हुन्छ । नत्र उनीहरुले सिक्नुपर्ने कुरा सिक्दैनन् । त्यसले समश्या उत्पन्न गराउन सक्छ ।

राज्यले के गर्ने ?

शिक्षामार्फत् बालबालिकालाई सचेत गराउन सकिन्छ । तर, त्यसो हुन सकेको छैन । हामीले पनि शिक्षा विभागमा गएर यसबारेमा पटक पटक कुरा गरेका थियौं ।  तर, हामीलाई बुझाउन गाह«ो पर्यो । बुझाउन नसकेकै कारणले समेत राज्यले त्यति ध्यान नदिएको हुनुपर्छ । राज्यले यसतर्फ कदम चाल्न सक्ने भए पनि अब ढिला हुन लागिसकेको जस्तो देखिएको छ । तापनि आगामी दिनमा यस्ता घटना हुन नदिन उचित शिक्षाको व्यवस्था गर्न पनि जरुरी छ ।

उमेर समूह

यसरी आत्महत्या गर्नेमा किशोरकिशोरी देखि बृद्धबृद्धासम्म पाइएका छन् । त्यसो हुुनुमा विभिन्न कारणहरु देखिन्छन् । जस्तो बालबालिकाहरुले अहिले एक्लोपन महसुस गरिरहेका छन् । बाबुआमा व्यस्त हुने भएकाले उनीहरु एक्लै पर्छन् । सधैं पढ पढ मात्रै भन्ने गरिएको हुन्छ ।

उनीहरुलाई त्यहीअनुसार सम्झाउने गरेको पाइँदैन । त्यसले गर्दा उनीहरुले गलत कदम उठाउने गरेका छन् । अर्कातर्फ सामाजिक सञ्जालले पनि यसमा भूमिका खेलिरहेका छन् । सामाजिक सञ्जालमा विभिन्न हिसाबले सम्पर्कमा आउने र तस्बिर पनि खिच्ने तर पछि समश्या आउने गरेको देखिएको छ । समश्या आएपछि आत्महत्या गर्नेसम्मका घटना पनि भएका छन् ।

कर्मचारी र भ्रष्टाचारमा मुछिएका मानिसहरुले पनि यस बीचमा आत्महत्या गरेको पाइयो । त्यसो हुनुमा उनीहरुले पहिला यसबारेमा नसोच्नु र अहिले पारिवारिक लगायतका कारणले समश्या परेपछि त्यस्तो गतिविविधमा संलग्न भएको देखिएको छ ।  त्यसैले नैतिक आचरणका कुरा उनीहरुलाई सिकाउन जरुरी देखिएको छ । उनहरुले पछि मात्रै कुरा बुझेर आत्मग्लानिका कारण आत्महत्याको गतिविधिमा संलग्न भएको पाइएको छ । त्यसैले पहिला नै यसबारेमा सचेत गराउने खालको परिपाटी सम्बद्ध पक्षले अपनाउनु पर्दछ ।

(मनोविद् पाठकसँगको कुराकानीमा आधारित) साभारः  बारहखरी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here