७० करोड भुक्तानी नपाएपछि, किसानहरुद्धारा दुइ उखुमिलमा तालाबन्दी

0
357

  • अनिल यादव–

परासी, ७ भदौ । उखुको भुक्तानी नपाएपछि किसानहरुले उखु मिलमा तालाबन्दी गरेका छन् । उखु भुक्तानी पाउनका लागि किसानहरु उखु मिलहरुमा पटक पटक ताकेदा गर्दापनि मिलहरुले अटेरी गर्दै भुक्तानी नदिएपछि स्थानिय उखु किसानहरुले लुम्बिनी र ईन्दिरा सुगर मिलमा अनितश्चितकालिन तालाबन्दी गरेका हुन् ।

जिल्लामा बागमति, ईन्दिरा र लुम्बिनी चिनि मिल गरि ३ वटा ठुलो उद्योगहरु संचालनमा छन् । यि तिनै मिलहरुबाट किसानहरुले पुरानो भुक्तानी ४ करोड सहित नयाँ गरि कुल ६९ करोड रुपैया भुक्तान पाउनु पर्ने उखु उत्पादक कृषक समितिका अध्यक्ष उमेशचन्द्र यादवले जानकारी दिए । उनले भने, मिलहरुले उधारोमा किनेको उखुको भुक्तानी असार मसान्तसम्मा दिने बाँचा गरेपनि किसानहरुले भुक्तान नपाएपछि आक्रोसित बन्दै भदांै २ गते ईन्दिरा सुगर मिलको चिनी गोदाममा अनिश्चितकालिन तालाबन्दी गरेका हुन. भने भदांै ६ गते लुम्बिनी चिनि मिलको चिनी गोदामा पनि तालाबन्दी गरेको बताए ।

यता बागमति चिनी मिलले किसानहरुलाई उखुको भुक्तानी दिन शुरु गरेकाले त्यस मिलमा तालाबन्दी गरिएको छैन । मिलले अहिलेसम्म १ करोड मात्र भुक्तान गरेको छ र थप भुक्तानका लागि पुर्जीहरु संकलन गरिरहेको पाइएको छ । सरकारले प्रति क्विन्टल ५३६ रुपैया निर्धारण गरेको समर्थन मुल्यमा पनि बागमति चिनी मिलले ४७१ रुपैया प्रति क्विन्टल भुक्तान गर्दै प्रति क्विन्टल ६५ रुपैया अनुदान रकम सरकारले नै व्यहोर्ने भनि किसानहरुलाई झुक्याउदै आएको उखु किसान दुधनाथ गुप्ताले जानकारी दिए । अझै पनि किसानहरुले आर्थिक बर्ष २०७४÷०७५ को अनुदान रकम करिब २५ लाख रुपैया पाएका छैनन ।

उधारोमा दिएको उखुको भुक्तानी नपाएपछि किसानहरुले आफनो घर व्यहार मिलाउन समस्या भैरहेको उखु किसान गुप्ताले जानकारी दिए । उनले भने, ‘‘ऋण खोजेर उखु लगाईन्छ तर समयमा भुक्तानी नपाएर ऋण त तिर्नै सकिदैन त्यसमा घरव्यवहार पनि मिलाउन धांै–धौं पर्ने गर्छ ।” जिल्लामा कुल साढे सात हजार हेक्टर क्षेत्रफलमा उखु खेती हुदै आएको छ । किसानहरुले पाउने पर्ने भुक्तान ६९ करोड मध्ये ईन्दिरा सुगर मिलले २० करोड, लुम्बिनी चिनी मिलले १२ करोड, बागमति चिनी मिलले ३३ करोड रुपैया भुक्तानी गर्नु पर्ने समितिको तथ्याङ्क रहेको छ । यता किसानहरुले शिर्घ भुक्तानको वातावरण मिलाउन जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण पनि गराएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here