ट्रकको ठक्करले पुल भाँसिएपछि डाईभर्सन मार्फत यातायात सुचारु

0
287


परासी, २९ साउन । पुर्व–पश्चिम राजमार्ग अन्तर्गत पुर्वी नवलपरासीको अरुङ्गखोला पुल भाँसिएर अवरुद्ध भएको यातायात डाईभर्सन मार्फत खुलाइएको छ । जिल्लाको मध्यविन्दु नगरपालिका ११ अरुङ्गखोला पुलमा आज विहान एक ट्रकको ठक्करले पुल भाँसिएर राजमार्ग अवरुद्ध भएपछि उक्त खोलामा डाईभर्सन बनाई यातायात सुचारु गराइएको प्रहरीले जनाएको छ ।

आज बुधबार विहान ४ बजे पश्चिमबाट पुर्व जाँदै गरेको ना ६ ख ४७१ नम्बरको ट्रकले पुलको एक साईडमा ठक्कर दिँदा पुलमा क्षति पुगे संगै पुल भाँसिर राजमार्ग अवरुद्ध बनेको थियो । पुल भाँसिएको कारणले सो पुलबाट सवारी साधन चल्न रोक लगाईएको छ भने ति सवारी साधनहरु खोलामा डाईभर्सन बनाई पठाइएको प्रहरीले जनाएको छ ।

पुलमा ठुलो क्षति पुगेकाले पुलको मर्मत कार्य केहि दिन लाग्ने भएकाले सोही खोलामा अर्काे पनि डाईभर्सन बनाई दुबै साईडबाट यातायात सुचारु गराउने प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here