परासी, २९ साउन । पूर्वपश्चिम राजमार्ग अन्तर्गत पुर्वी नवलपरासीकाे मध्यविन्दु ११ अरूणखाेलाकाे पुलामा एक ट्रकले ठक्कर दिँदा पुलमा क्षति पुर्याएको छ । आज बिहान पूर्बबाट पश्चिम तर्फ जादै गरेको ना ६ ख ४७१ नम्बर ट्रकले उक्त पुलको एक तर्फी भागमा ठक्कर दिदा पुलमा क्षति पुगेको प्रहरीले जनाएको छ ।
पुलमा ठक्करका कारण पुल भाँसिएकाे छ जसकारण ठुला सवारी चल्न रोक लगाईएको छ भने साना सवारी साधन चलिरहेको प्रहरीले जनाएको छ । पुलको मर्मतमा सयम लाग्ने भएकाे हुँदा तत्काल यातायात सुचारू गराउन खाेलामा डाईभर्सन बनाइ यातायात सुचारु गरिने प्रहरीले जनाएको छ ।