महेसपुर मुल भन्सारको राजस्व जम्मा १३ करोड

0
435

♦जितेन्द्र गुप्ता —

परासी, २५ साउन । पश्चिम नवलपरासीको महेसपुर भन्सार कार्यालयले एक बर्षमा करिब १३ करोड राजस्व संकलन गरेको छ । आर्थिक बर्ष २०७५÷०७६ को कुल राजस्व १२ करोड ९६ लाख २४ हजार ५१९ रुपैया रहेको महेसपुर भन्सार कार्यालयले जनाएको छ ।

भैरहवाँ भन्सार कार्यालयको मातहतमा संचालित महेसपुर छोटी भन्सार कार्यालय २०७५ श्रावण १ गतेदेखि मात्र मुल भन्सारको रुपमा कार्यान्वयमा आएको होे । गत बर्ष महेसपुर छोटी भन्सार हुदै ८ करोड ६७ लाख ८६ हजार ४१५ रुपैया राजस्व संकलन गरेको थियो तर अहिले मुल भन्सार भएपनि एक बर्षमा सो अनुपातको राजस्व उठाउन सकेको छैन ।

महेसपुर भन्सार मुल भएपनि यहाँ चाहिने आवश्यक पुर्वाधारको विकास नभएकै कारण यहाँ व्यपारीहरुको चाप पनि बढन नसकेको कार्यालयको अनुमान छ । अर्काे तर्फ यो जिल्ला खुल्ला सिमाना भएका कारण सिमावर्ति क्षेत्रमा व्यापक चोरी तस्करीले पनि भन्सारको राजस्वमा कमी ल्याएको कार्यालयले जनाएको छ ।

यस छोटी भन्सारलाई मुल बनाउन यहाँका जनप्रतिनिधी एवं नेता, उद्योग बाणिज्य संघ र उद्योगीहरु जसरी लागी परेका थिए त्यसरी नै यस भन्सारलाई सहयोग गरेको पाइएको छैन । जिल्लामा थुप्रै उद्योग र व्यवसायहरु संचालनमा छन् तर ति सबै उद्योग र व्यपारीहरुले चाहिने मालसमान भैरहवा नाकाबाटै भित्राउने गरेकाले यो भन्सार थप ओझेलमा पर्दै गएको भन्सारले जनाएको छ । आजभोली भन्सार सुनसान छ । यस नाकाबाट भुस, फलफुल, खाद्यान्न लगायतका फाटफुट सर समानहरुको मात्र पैठारी भै रहेको पाईन्छ ।

यता भन्सार मुल भएको एक बर्ष विति सक्यो तर यसको विस्तारका लागि सरकारले पनि कुनै पहल गरेको पाईदैन । भन्सारलाई पुर्ण रुपले कार्यान्वयमा ल्याउन आवश्यक जग्गा अधिग्रहण, क्वारेन्टाईन चेकपोष्ट, बाटोघाटो, ठुलो गोदाम, जाँचकी भवन, कर्मचारी बस्ने भवन जस्ता महत्वपुर्ण भौतिक पुर्वाधारको विकास हुन बाँकी नै रहेको देखिन्छ । यता भारतीय नाका ठुठीबारी पनि मुल नाका नभएको र बाटोको उचित व्यवस्थापन नभएकै कारण व्यपारीहरुको चाप बढन सकेको छैन । भन्सार कार्यालयले भन्सारलाई टिकाउन र बढि राजस्व उठाउन सबै निकायबाट चौतर्फि सहयोगको अपेक्षा राखेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here