रामग्राम स्तुपको विकासका लागि रामग्राम विकास कोष गठनको माग

0
593


परासी, २३ साउन । सांस्कृति,पर्यटन तथा नागरिक उडय्न मन्त्री योगेश भट्टराईले पश्चिम नवलपरासीको एतिहासिक पुरातात्विक क्षेत्र रामग्राम स्तुपको भ्रमण अवलोकन गरेका छन् । भगवान गौतम बुद्धको अष्तिधातु रहेको रामग्राम स्तुपको भ्रमण अवलोकन गर्दै मन्त्री भट्टराईले सो स्तुपको विकासका लागि तत्काल विकास प्रक्रियाहरु अगाडी बढाईने बताएका हुन् ।

गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल सहित बुद्धसर्किटमा पर्ने बुद्धसंग सम्बन्धित एतिहासिक, पुरातात्विक एवं धार्मिक क्षेत्र लुम्बिनी, तिलौराकोट, देवदह र रामग्राम स्तपुको भ्रमण अवलोकन गर्न आएका मन्त्री भट्टराईले रामग्राम स्तुपको वृहत गुरुयोजना बनाई विकासको कार्य अगाडी बढाउने बताए ।


मन्त्री भट्टराईले स्तुपको विकासका लागि आवश्यक जग्गाको अधिग्रहण गर्ने र यसको एतिहासिक तथा पुरातत्वात्विक महत्व नमेटिने गरि भौतिक पुर्वाधारको विकास गरि बढि पर्यटक भित्राउने योजना रहेको जिकिर गरे । लामो समयदेखि ओझेलमा परेको यस स्तुपको अवस्था यस्तै रहदैन अबका दिनमा धेरै परिवर्तन हुने स्थानियलाई विश्वास दिलाए ।

रामग्राम स्तुप, गौतम बुद्धको विश्वमा एकमात्र स्थानमा सुरक्षित अष्तिधातु रहेको ठाउँ हो । यस ठाउँको संरक्षण र विकासका लागि सरकारले लुम्बिनी विकास कोषलाई जिम्मा लगाएपनि लुम्बिीनी विकास कोष लुम्बिनीमै केन्द्रित रही यस क्षेत्रलाई ओझेलमा पार्दै आएको स्थानियको आरोप छ । यस क्षेत्रमा आउने पर्यटकलाई एकछिन बस्ने ओत समेत छैन ।

त्यसैबिच रामग्राम स्तुप संरक्षण तथा पर्यटन विकास संस्थाले मन्त्री भट्टराईलाई यहाँको समस्या सुनाउदै स्तुपको संरक्षण तथा विकासका लागि ज्ञापन पत्र पनि बुझाई ध्यानाकर्षण गराएका छन् । संस्थाका अध्यक्ष सम्भु उपाध्यायले बुझाएको ज्ञापन पत्रमा जिल्लामा बुद्धसंग सम्बन्धित धार्मिक तथा पुरातात्विक क्षेत्रको उत्खनन गर्न र स्तुपको विकासका लागि छुट्टै रामग्राम विकास कोष तथा विकास समिति गठनका लागि माग गरिएको उल्लेख रहेको छ ।


मन्त्री भट्टराई संगै प्रदेश ५ को भौतिक पुर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले पनि रामग्राम स्तुपको विकासका लागि आवश्यक पहल भैरहेको बताए । रामग्राम स्तुपको एतिहास र महत्व बारे लुम्बिीनी विकास कोषका उपाध्यक्ष अवधेश त्रिपाठीले जानकारी गराए ।

मन्त्री भट्टराईलाई स्तुपमा स्वागत गर्दै प्रदेश ५का सांसद बैजनाथ जयसवाल, दिपेन्द्र अधिकारी, राग्राम नगरपालिका मेयर नरेन्द्र कुमार गुप्ता, पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजु प्रसाद गुप्ता लगायतले स्तुपको विकास प्रति सरकारको उदासिनता र लुम्बिनी विकास कोषको भेदभाव बारे जानकारी गराउदै यसको विकासका लागि आवश्यक पहल गर्न मन्त्री भट्टराईलाई आग्रह गरे । भ्रमण अवलोकनमा आएको मन्त्री भट्टराईलाई मायाको चिनो पनि प्रदान गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here