३ दिन अझै देशभर वर्षा, सतर्कता अपनाउन सुझाव

काठमाडौं ,२० साउन। मौसमविदहरूले आगामी ३ दिन देशभर वर्षा हुने प्रक्षेपण गरेका छन् । केही स्थानमा हुने भारी वर्षाले बाढी तथा पहिरोको जोखिम बढाउने भन्दै उनीहरूले सतर्क रहनसमेत सबैमा आग्रह गरेका छन् ।

मनसुनको न्यून चापीय रेखा औसतभन्दा केही उत्तरतर्फ सरेकाले आगामी ३ दिन देशका अधिकांश भागमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाको भनाइ छ ।

महाशाखाका अनुसार, तराईका अधिकांश स्थानहरूमा अहिले मेघ गर्जन र चट्याङसहित वर्षा भइरहेको छ । पूर्व र पश्चिम तराई क्षेत्रका थोरै स्थानहरूमा दिनको समयमा त अझै भारी वर्षा हुनसक्छ ।

महाशाखाको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख भएअनुसार, तराईबाहेकका अन्य स्थानहरूमा पनि अहिले सामान्यदेखि पूर्ण बदली भइरहेको छ । यो क्रम दिउँसो पनि यथावत रहने छ । तर, रातिको समयमा पश्चिम भूभागका केही स्थान तथा मध्य र पूर्वका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । मध्य र पश्चिम क्षेत्रका एक–दुई स्थानमा भने भारी वर्षा हुने अनुमान महाशाखाले गरेको छ ।

साउन २१ गते मंगलबार दिउँसोको समयमा सामान्यदेखि पूर्ण बदली रहे पनि रातको समयम धेरै स्थानमा वर्षा हुने बताइएको छ । मौसमविदका अनुसार मध्य र पश्चिमी क्षेत्रका एक/दुई स्थानमा भारी वर्षा हुनसक्छ ।

त्यस्तै, २२ गते बुधबार पनि पूर्व र मध्य क्षेत्रका एक/दुई स्थानमा भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले अनुमान गरेकाे छ ।

सतर्कता अपनाउन अपिल

आगामी ३ दिन पूर्व र पश्चिम तराईमा देशका अन्य भागमा भन्दा बढी वर्षा हुने अनुमान महाशाखाले गरेको छ । पहाडी भेगका थोरै स्थानमा पनि भारी वर्षा हुनसक्छ । भारी वर्षाले तराई तथा पहाडका क्षेत्रलाई बाढी पहिरोको जोखिममा पार्ने भन्दै महाशाखाले सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ ।

Related articles

सुनवल नगरपालिकाको दोश्रो स्थापना दिवस मनाईदै प्रशासनिक कार्यालय भवनको सिलन्यास

परासी, २७ फागुन । पश्चिमी नवलपरासीको सुनवल नगरपालिकाले दोश्रो स्थापना दिनव मनाउदै प्रशासनिक कार्यालय भवनको सिलन्यास गरेको छ । नगरपालिका प्रमुख भिम बहादुर थापाक्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश ५ को भौतिक तथा पुर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले विरुवामा पानी हालेर कार्यक्रमको उद्दघाटन गर्दै ३० करोडमा निर्माण हुन लागेको साढेतिन तल्ले प्रसासकिन कार्यालय भवनको सिलन्यास गरेका […]

मलखादको माग गर्दै परासीमा विरोध प्रदर्शन

परासी, ९ कार्तिक । किसानहरु मलखाद नपाएपछि सदरमुकाम परासीमा विरोध प्रदर्शन गरेका छन् । खेतीपातीको बेला रासायनिक मल, डिएपी नपाएपछि कृषकहरुले विरोध प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र समेत बुझाएका हुन् । डिएपीको बेला युरिया र युरिया चाहिएकोे बेला डिएपी दिने कृषि समाग्री कम्पनीको विरोधमा रामग्राम नगरपालिका कार्यालयबाट निस्केको विरोध र्याली जिल्ला प्रशासन कार्यालय पुगेर […]

Leave a Reply

Your email address will not be published. Required fields are marked *