लैङ्गिक हिंसा न्युनिकरण तथा न्याय सम्बन्धि कार्यशाला गोष्ठी

0
458

परासी, १५ साउन । लैङ्गिक हिंसामुक्त समाज निर्माण गर्न गाउँपालिका स्तरीय सिफारिश संयन्त्र निर्माण गर्ने सहमति बनेको छ । लैङ्गिक हिंसामा परि पिडित पक्षलाई समयमै उचित न्याय दिलाउन यस्तो संयन्त्रण निर्माण गर्ने सहमति जुटेको हो । माहुरी होमद्धारा संचालित सहज परियोजनाद्धारा आयोजित सिफारिश संयन्त्र निर्माण सम्बन्धी कार्यशाला गोष्ठीमा पिडितहरुको न्यायमा सजह पहुँच र लैङ्गिक हिंसामुक्त समाज निर्माण गर्न सरोकारवलाहरुले पालिका स्तरीय यस्तो संयन्त्रण निर्माण गर्ने प्रतिबद्धता जाहेर गरेका हुन् ।

सहज परियोजनाका प्रोग्राम म्यानेजर शुसिल ढकालले यो परियोजना प्रदेश ५ को ८ वटा जिल्लामा गरि कुल २३ वटा स्थानिय तहमा काम गरिरहेको जानकारी दिदै पश्चिम नवलपरासीको पाल्हीनन्दन र प्रतापपुर गाउँपालिकामा काम गरिरहेका बताए । माहुरी होमद्धारा संचालित यो सहज परियोजनामा भिएसओ, ईण्टरनेशनल अलर्ट साझेदारको रुपमा रहेको छ ।

समाजमा लैङ्गिक हिंसाका घटना बढने क्रममा केहि कमी आएको पाईदैन । लैङ्गिक हिंसामा परि पिडित भएको व्यक्तिले न्यायका लागि विभिन्न निकायमाहरुमा दौडिदै थाकिरहनु पर्ने अवस्थामा कसरी पिडितलाई सहज र छिटोछरितो न्याय दिलाउन सक्ने भनि सो कार्यशालामा गोष्ठीमा सरोकारवाला बिच व्यापक छलफल हुदै अभ्यास समेत गराइएको परियोजना अधिकृत पुर्णिमा रानाले जानकारी दिइन्

कार्यशाला गोष्ठीमा प्रतापपुर गाउँपालिका, पाल्हीनन्दन गाउँपालिका जिल्ला अस्पताल, जिल्ला प्रहरी कार्यालय, बैतनिक वकिल, बार एसोसिएन, महिला सेवा केन्द्रका प्रमुख तथा प्रतिनिधिहरुलाई सहभागि गराई पिडितलाई सहज उचित न्याय दिलाउन व्यापक छलफल गर्दै सहयोगको भुमिका सधंै तयार रहने प्रतिबद्धता समेत जाहेर गराइएको थियो ।

गोष्ठीमा ईण्टरनेशलन अलर्टका बरिष्ठ परियोजना अधिकृत विष्णु नेपालीले पिडित पक्षलाई उचित न्याय दिलाउन गाउँपालिका स्तरिय सिफारिश संयन्त्रण बनाउने, सेवा प्रदायी निकायको पहिचान हुने नशाङ्कन गर्ने र सरोकारवाला बिच समन्वय गर्ने गरि अगाडी बढन सरोकारवालाहरु आग्रह गरे ।

‘‘लैङ्गिक हिंसामा परि पिडित पक्षले न्यायका लागि विभिन्न निकायहरुमा दौडिदै थाक्दछ तर समयमा उचित न्याय पाउदैन त्यसकारणले अबका दिनमा पिडितहरु समयमै सहज तरिकाले उचित न्याय पाउन र उनीहरुलाई आवश्यक सहयोग गर्न सरोकारवालाहरुलाई” उनले आग्रह गरे । गोष्ठी कार्यक्रममा पाल्हीनन्दन गाउँपालिका उपाध्यक्ष पावित्रा कोहार, प्रतापपुर गाउँपालिका उपाध्यक्ष अन्जु कुमारी चौधरी लगायतले आ–आफनो धारणा र प्रतिबद्धता व्यक्त गरेको माहुरी होमले जानकारी दियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here