मुस्लिम संघ नवलपरासीद्धारा हजयात्रीहरुलाई विदायी

0
633


परासी, ७ साउन । नेपाल मुस्लिम संघ जिल्ला कार्यसमिति नवलपरासीले हज यात्रीहरुलाई सम्मान गरि विदायी गरेको छ । संघका जिल्ला सभापति करिम खानको अध्यक्षता तथा पुर्व सभाषद हाजी अलाउद्दिन अंसारीको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा हाजी तथा हज्जीनहरुलाई दोसल्ला लगाई सम्मान गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथि पुर्व सभाषद हाजी अलाउद्दिन अंसारी, फैजाने अहले बैत संस्थाका अध्यक्ष मौलाना सैयद गुलाम हुसेन मिँया, मौलाना हाजी तैयब अंसारी, हाजी ईजहार मिँया, हाजी जमिद देवान, मुस्लिम युवा समाजसेवी कासिद अली, संघका उपाध्यक्ष बद्रि आल, सह–सचिव मिस्बाही मौलाना सिद्दिक अंसारी, मौलाना जुल्फेकार अहमद लगायतले हजयात्रीहरुलाई हजको शुभकामना दिदै विदायी गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here