परासी, ७ साउन । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाले हज यात्रीहरुलाई एक कार्यक्रम बिच सम्मान गरि हजका लागि बिदाई गरेको छ । पाल्हीनन्दन गाउँपालिकाको आर्थिक सहयोग तथा जामिया ईमाम अहमद रजा चमनटोलाको समन्वयमा आयोजित हाजी बिदायी कार्यक्रम बिच हजका लागि जाने १६ जना हजयात्रीहरुलाई सम्मान गर्दै बिदाई गरिएको हो ।
जामिया अहमद रजा मदरसाका प्राचार्य मौलाना जुल्फेकार अहमदको अध्यक्षतामा भएको हाजी विदायी कार्यक्रममा गाउँपालिकाका अध्यक्ष एवं कार्यक्रम प्रमुख अतिथि बैजु प्रसाद गुप्ता र विशिष्ट अतिथि एवं गाउँपालिका उपाध्यक्ष पावित्रा कोहारले हाजीहरुलाई फुलमाला र खादा लगाई सम्मान गरि विदायी गरेका हुन् ।
मुस्लिम समुदायले, हजयात्रामा जानुहुने हजयात्रीहरुलाई सम्मान गरि विदायी गर्ने पाल्हीनन्दन गाउँपालिका पहिलो गाउँपालिका रहेको भन्दै गाउँपालिकाकाे चाैतर्फी प्रशंसा भैरहेकाे पाइएकाे छ । गाउँपालिका अध्यक्ष बैजु प्रसाद गुप्ताले, साउदी अरबियाको मक्का मदिनामा हज गर्न जाने हज यात्रीहरुलाई हजको शुभकामना दिदै नेपालमा शान्तीका लागि कामना (दुआ) गरिदिन आग्रह पनि गरे । गाउँपालिकाले हजयात्रीहरुलाई काठमाण्डौ पु¥याउनका लागि यातायात र खाना समेतको व्यवस्थापन मिलाएको गाउँपालिका अध्यक्ष बैजु प्रंसाद गुप्ताले बताए ।
धर्मको सम्मान संरक्षण र मुस्लिम समुदायको सांस्कृतिलाई जगेर्ना गर्ने उद्देश्यले गाउँपालिकाले यसवर्षदेखि हाजीहरुलाई सम्मान तथा विदायी कार्यक्रम गरेको गाउँपालिका उपाध्यक्ष पावित्रा कोहारले बताईन् । कार्यक्रममा विशिष्ट अतिथि एवं गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत दुर्गा पौडेलले पनि हजयात्रीहरुलाई हजको शुभकामना दिदै सबै धर्मको सम्मान र सांस्कृतिलाई जगेर्ना गर्न गाउँपालिकाको आवश्यक सहयोग रहने बताए ।
हज हरेक सम्पन्न मुस्लिम वर्गमाथि अनिवार्य छ । हज मुस्लिम समुदायको एक महान एबादत (पुजा) हो । हिजरीको १२ आंै महिना जिलहिज्जामा साउदी अरबियाको मक्का मदिना गई मुस्लिम समुदायहरु हज गर्ने गर्दछन् । हज गरेपछि हाजी हर प्रकारको पापबाट मुक्त हुने र हाजीको संज्ञा पाउने मुस्लिम धर्मावलम्बी मौलाना हाजी तैयब अंसारीले जानकारी दिए ।
यसबर्ष जिल्लाबाट हजका लागि रामग्राम नगरपालिकाबाट मौलाना सैयद गुलाम हुसैन मिँया, सुनवल नगरपालिकाबाट खलिल मोहम्मद धुनिया, शरिफुन नेशा धुनिया रहेकि छन् भने पाल्हीनन्दन गाउँपालिकाबाट मुस्ताक अहमद जोल्हा, शरिफुन नेशा, कलिमुन नेशा, मकबुल अहमद अंसारी, सत्तार शेष, रसुल दर्जी, मोलाई जोल्हा, ईस्लामिया खातुन, सुब्बा जोल्हा, मराठी जोल्हीन, रहमान कुजडा र प्रतापुर गाउँपालिकाबाट उश्मान चुरिहार हसिबुन नेशा चुरिहार रहेको माैलाना सैयद गुलाम हुसैनले जानकारी दिए ।
हजयात्रीहरुलाई सोमबार जिल्लाबाट विदायी गरि काठमांडौ पठाइएको छ । हजयात्रीहरुको टोली काठमाण्डौबाट साउदी अरबियाका लागि विहिवार प्रस्थान गरिने बताइएको छ । कार्यक्रममा पुर्व स्थानिय विकास राज्यमन्त्री घनश्याम यादव, कपाका जिल्ला संयोजक भविश्वर तिवारी, जिल्ला सदस्य थान प्रसाद गैरे, वडा अध्यक्ष गाेधन हरिजन, संजय पाठक, मुस्लिम युवा समाजसेवी ईजहार मिँया, कासिद अलि, बुद्धन अलि लगायतले हजयात्रीहरुलाई शुभकामना दिएका थिए ।