पश्चिम नवलपरासीमा रक्तदान गरि मनाइयो ३७ आंै वि.पि स्मृति दिवस

0
299


परासी, ६ साउन । पश्चिम नवलपरासीमा ३७ आंै वि.पी स्मृती दिवस रक्तदान कार्यक्रम गरि मनाइएको छ । नेपाली कांग्रेस जिल्ला कार्यसमिति नवलपरासीको आयोजनामा ३७ आंै वि.पी स्मृति दिवसको अवसरमा रक्तदान तथा फलफुल वितरण कार्यक्रम गरिएको हो ।

नेपाली कांग्रेसका जिल्ला कार्यबाहक सभापति अर्जनु कुमार पोख्रेलेका अध्यक्षता तथा नेका स्वास्थ्य विकास प्रमुख पलकधारी गुप्ताको संयोजकत्वमा परासी स्थित नेकाको विपि स्मिृत भवनमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको हो ।

जिल्ला रेडक्रस सोसाईटी परासी शाखाको प्राविधिक सहयोगमा गरिएको रक्तदान कार्यक्रममा कुल २७ जनाले रक्तदान गरेका हुन् । रक्तदान कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य देवेन्द्रराज कण्डेल, ने.का जिल्ला कार्यसमिति, क्षेत्रिय कार्यसमिति, नगर कार्यसमिति र नेका भातृत्व संगठनहरुको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here