नेपाल उत्पिडित उत्थान केन्द्रकाे स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न

0
283

सुनवल, ४ श्रावण ।  नेपाल उत्पिडित उत्थान केन्द्र सुनवलको आयोजनामा सुनवल नगरपालिका वडा नम्बर ं१ बनाहामा नेपाल उत्पिडित उत्थान केन्द्र भवनको सभाहलमा स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । उत्थान केन्द्र सुनवलका अध्यक्ष्य सिब बहादुर वि.क को अध्यक्ष्यतामा तथा सुनवल नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष्य बिन प्रसाद बुढाथोकि मगरको प्रमूख आतिथ्यतामा एवम वडा नम्बर १ का वडा सदस्य मन बहादुर थापा मगर र नासु कमिटि अमेरिकाका महासचिव विष्णु प्रसाद रसाइलीको विशेष आतिथ्यता रहेको थियो ।

स्वागत तथा सम्मान कार्यक्रममा वडा नम्बर १ का वडा सदस्य बाल कुमारी परियार , वडा नम्बर ४ का वडा सदस्य टुनिसरा वि.क, वडा नम्बर ६ का वडा सदस्य थानिसरा वि.क , साझेदारी विकास केन्द्रका अध्यक्ष्य बिर बहादुर वि.क, उत्थान केन्द्रका पूर्व अध्यक्ष्य राजबहादुर वि.क, उत्थानका पूवर्् सचिव रमेश नेपालि, सल्लाहकार बिष्णु वि.क, केसु जि.सि , टिकासरा वि.क लगाएतका आतिथ्यतामा र सुनवल नगरपालिक भित्र रहेका दलित अगुवा बुद्धी जिवि समाजसेविहरुको विशेष सहभागितामा दलित समुदायको उल्यखनिय उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा नासु कमिटि अमेरिका द्धारा ८ सय ५० डलर नेपालि रु ८५ हजार आर्थिक सहयोग उत्थान केन्द्रलाई नासुका महासचिव विष्णु प्रसाद रस्यालिले उत्थान केन्द्रका अध्यक्ष्यलाई केस हस्तान्तरण गर्नुभएको छ । उक्त कार्यक्रममा विविध सस्कुत कार्यक्रम प्रस्तुत गरिएको थियो । साथै नृत्य प्रस्तुत गर्ने कलाकारहरुलाई हौेसला स्वरुप नगद पुरस्कार प्रदान गरिएको थियो । स्वागत तथा सम्मान कार्यक्रममा आर्थिक, भौतिक रुपले सहयोग गर्नुहुने २१ जना सहयोग दाताहरुलाई सम्मान पत्र तथा दोसल्ला द्धारा सम्मान गरिएको वडा नम्बर १ का वडा सदस्य मन बहादुर थापा मगरले जानकारी दिनुभएको छ ।

सुभकामना मनत्व्य दिर्दै प्रमुख अतिथिले दलितहरुको हक अधिकार सुनिष्चित गर्नुको निम्ति वडाबाट गर्नसक्ने सहयोग गर्नुमा प्रकास पार्दै आज २१ औ सताब्दिमा पनि छुवाछुत र विभेद दलितहरुलाई हेर्ने दृष्टिकोण फरक भएकोले नेपालकै प्रथम बालमैत्रि स्थानिय सासन घोषणा भएको नगरपालिकालाई आगामि दिनमा छुवाछुत मुक्त नगरपालिका घोषणा गर्नुको लागि वडा नम्बर १ देखि नै छुवाछुत मुक्त गर्ने कार्यमा जोड दिनुभएको थियो । मनतव्य दिनेहरुमा वडा सदस्य मन बहादुर थापा मगर ,नासुका माहासचिव विष्णु प्रसाद रसाइली, साझेदारी विकास केन्द्रका अध्यक्ष्य दिल बहादुर वि.क , उत्थान केन्द्रका पूर्व अध्यक्ष्य राज बहादुर वि .क लगाएतले मनतव्य दिनुभएको थियो । कार्यक्रमको स्वागत मनतव्य उत्थान केन्द्रका पूर्व सचिव रमेश नेपालिले स्वागत मनतव्य दिनुभएको कार्यक्रमको सञ्चालन उत्थान केन्द्रका सल्लाहकार भिम सेन बरालिले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here