रोम विधान अनुमोदन गर्न एम्नेष्टी नेपाल समुह ३१ को जोडदार माग

0
304


परासी, १ श्रावण । एम्नेष्टी नेपाल समुह ३१ परासीले रोम विधान अनुमोदन गर्न जोडदार माग गरेको छ । समुहको आयोजनामा परासीमा मनाइएको अन्तराष्ट्रिय न्याय दिवस कार्यक्रम  अन्तारष्ट्रिय फौजदारी न्यायलाई प्रबद्र्धन गर्न र नेपालमा पनि पिडितहरुलाई न्याय दिलाउन सरकारलाई रोम विधान अनुमोदन गर्न जोडदार माग गरेका हुन् ।

अन्तराष्ट्रिय न्याय दिवसको अवसरमा एम्नेष्टी नेपाल सुमह ३१ परासीद्धारा आयोजित शान्तीपुर्ण पदयात्रा कार्यक्रममा वक्ताहरुले यस्तो माग गरेका हुन् । समुह ३१ परासीको नेतृत्व सचिवालयबाट विभिन्न नारा लेखिएको प्लेकार्ड बोकी निकालिएको शान्तीपुर्ण ¥याली बुद्धचोक पुगी एक कोणसभामा परिणत भएको थियो ।

समुहका संयोजक हुसैन अंसारीको अध्यक्षतामा भएको कोणसभामा मानव अधिकार संगठनका केन्द्रिय सदस्य कैलाश ठाकुर, उपभोक्ता हक–हित संरक्षण मन्चका केन्द्रिय सदस्य रामजी ज्ञवाली, नेपाल पत्रकार महासंघका पुर्व केन्द्रिय सदस्य बेचु गौड, नागरिक समाजका अध्यक्ष सम्भु उपाध्याय, समुहका निवर्तमान संयोजक विजय कुमार जायसवाल लगायतले नेपालमा मानव अधिकार उलंघनका घटनाहरु बन्द गर्न भन्दै रोम विधान अनुमोदन गर्न जोडदार माग गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here