परासी, २८ असार । एम्नेष्टी ईन्टरनेशनल नेपाल समूह ३१ परासीको संयोजकमा हुसेन अन्सारी निर्वाचित भएका छन् । समूहको शनिवार परासीमा भएको २३ औँ वार्षिक साधारण सभा तथा २१ औँ अधिवेशनबाट आगामी दुई वर्षका लागि पत्रकार समेत रहेका अन्सारीको नेतृत्वमा निर्विरोध नयाँ नेतृत्व चयन भएको हो ।
नवगठित कार्य समितिको उप संयोजकमा सुरज यादव, सचिवमा जितेन्द्र गुप्ता, सह सचिवमा सन्दीप अग्रहरी, कोषाध्यक्षमा बविता जयसवाल तथा सदस्यहरुमा तारा चन्द्र बर्मा, रोहित यादव, राधा बर्मा र बलिराम यादव रहेका छन् ।
एम्नेष्टी ईन्टरनेशनल नेपाल समूह ३१ परासीका निवर्तमान संयोजक विजय जयसवालको अध्यक्षता तथा प्रदेश सांसद बैजनाथ जयसवालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा रामग्राम नगरपालिकाकी उपमेयर रम्भा कुंवर, एम्नेष्टी ईन्टरनेशनल नेपालकी केन्द्रीय सदस्य संगीता चापागाई, मानव अधिकार संगठनका केन्द्रीय सदस्य कैलाश ठाकुर, उपभोक्ता हित संरक्षण मन्चका केन्द्रीय सदस्य रामजी ज्ञवाली, पत्रकार महासंघका अध्यक्ष हरि शर्मा, एम्नेष्टी ईन्टरनेशनल नेपाल समूह ३१ परासीका पूर्व संयोजक श्यामराज घिमिरे लगायतले शुभकामना व्यक्त गरेका थिए ।