महेसपुर, १९ असार । स्थानिय तहको विकास निर्माणमा पत्रकारहरुको भुमिका विषयक एक दिवसयि गोष्ठी सम्पन्न भएको छ । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाको आर्थिक सहयोग तथा नेपाल पत्रकार महासंघको नवलपरासी शाखाको आयोजनामा सो गोष्ठी गाउँपालिकाको वडा नं. १ रम्पुरवामा सम्पन्न भएको हो ।
महासंघका अध्यक्ष हरि शर्माको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष बैजु प्रसाद गुप्ताको प्रमुख अतिथ्यतामा शुरु भएको उक्त गोष्ठीमा जिल्ला भरिका करिब ४० जना पत्रकारहरुको उपस्थिती रहेको थियो । गोष्ठीमा प्रशिक्षक भरत भुषालले स्थानिय तहको विकास निर्माणमा पत्रकारहरुले कसरी सघाउन र स्थानिय तहलाई खबरदारी कसरी गर्ने भन्ने विषयमा प्रशिक्षण दिएका थिए । त्यस्तै नेपाल पत्रकार महासंघका पुर्व सभापति एवं प्रशिक्षक टिकाराम गैरेले पत्रकारहरुले पाल्ना गर्नु पर्ने आचारसंहिता बारे प्रशिक्षण दिएका थिए ।
तालिममा प्रमुख अतिथि एवं गाउँपालिका अध्यक्ष बैजु प्रसाद गुप्ताले, गाउँपालिकाको विकासमा पत्रकारहरुको साथ र सहयोग आवश्यक रहेको बताउदै कतै भैरहेको गलत कार्य पं्रति गाउँपालिकालाई खबरदारी समेत गर्ने सक्ने उनले बताए ।
कार्यक्रममा महासंघका सभापति हरि शर्मा, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य पुरुषोत्तम सुबेदी, पाल्हीनन्दन गाउँपालिका १ का वडा अध्यक्ष लल्लन प्रसाद यादव, वडा २ का अध्यक्ष रामनगिना सिंह, महासंघका पुर्व सभापति केशव पराजुली लगायतले शुभकामना मन्तब्य राखेका थिए ।