परासी, १६ असार । मदरसामा मौलाना शिक्षक दरबन्दीको माग गर्दै मुस्लिमहरुले मुस्लिम आयोगको ध्यानाकर्षण गराएका छन् । मदरसामा उर्दु अरबी शिक्षालाई केन्द्रित गरि पठन पाठन गराईने हुँदा उक्त शिक्षाको लागि मौलाना शिक्षकको दरबन्दी पनि कायम हुनु पर्ने माग राख्दै मुस्लिम आयोगका अध्यक्ष शमीम मिँया अंसारीको ध्यानाकर्षण गराएका हुन् ।
फैजाने अहले बैत संस्था नवलपरासीको आयोजनामा गरिएको मुस्लिम आयोगका अध्यक्ष शमीम मिँया अंसारीको स्वागत कार्यक्रममा मुस्लिम वक्ताहरुले सामुदायिक विद्यालयमा शिक्षकको दबरबन्दी जस्तै मदरसाहरुमा पनि उर्दु अरबी शिक्षा पठन पाठनका लागि मुस्लिम धर्मावलम्बी मौलानाहरुको पनि शिक्षकको रुपमा दरबन्दी कायम हुनु जोडदार माग गरेका हुन् । संस्थाका अध्यक्ष सैयद गुलाम हुसैन मिँयाको अध्यक्षतामा भएको स्वागत कार्यक्रममा वक्ताहरुले नेपालमै उर्दु÷अरबीको उच्च शिक्षाको व्यवस्था हुनु पर्ने पनि माग गरेका थिए ।
कार्यक्रममा संस्थाका अध्यक्ष सैयद गुलाम हुसैन मिँयाले जिल्लामा देखिएको कबरिस्ताको समस्या र मदरसाको समस्यालाई बताउदै मौलानाहरुको मार्कशिटलाई नेपालमा मान्यता दिलाउन पनि आयोगका अध्यक्ष अंसारीलाई आग्रह गरे । उनले भने, मुस्लिम समुदायले आफनो मृतकलाई पुर्नका लागि पुर्खाैदेखि कबरिस्ताको रुपमा प्रयोग गर्दै आएका जग्गालाई व्यक्तिको नाममा ल्याउने र विवादित बनाई कब्जाउने समस्याले मुस्लिम समुदाय समस्यामा परेको दुखेसो पोखे ।
यता कार्यक्रमलाई सम्बोधन गर्दै आयोगका अध्यक्ष शमीम मिँया अांसारीले नेपालमै उर्दुअरबीको उच्च शिक्षाको व्यवस्थाका लागि आयोगले आवश्यक पहल गर्ने बताए । अधिकांश जिल्लामा देखिएको कबरिस्तान, मदरसाका समस्यालाई सामाधान गर्दै मदरसामा मौलाना शिक्षकहरुको पनि दरबन्दीका लागि सरकार संग पहल गर्ने अंसारीले बताए । अध्यक्ष अंसारीले भने, विदेशमा पढेर आउने मौलानाहरुको मार्कशिटलाई नेपालमा मान्यता दिलाउने र मदरसामा तथा कार्यालयहरुमा पनि शिक्षक एवं कर्मचारीको रुपमा भाग लिन पाउने गरि आयोगले पहल गर्ने प्रतिबद्धता जाहेर गरे ।
कार्यक्रममा सांसद कलिला खान र नेपाल मुस्लिम ईत्तेहाद संघका अध्यक्ष सेराज अहमद फारुकीले पनि मुस्लिमहरुको समस्या सामाधान गर्न सरकार संग आवश्यक पहल गर्ने बताए । त्यस्तै कार्यक्रममा पुर्व स्थानिय विकास राज्य मन्त्री घनश्याम यादव, पुर्व सभाषद हाजी अलाउद्दिन अंसारी, पुर्व सभाषद चिनक कुर्मीले पनि मुस्लिमहरुको हक–अधिकार स्थापित गराउन सरकार संग पहल गर्ने बताए ।
त्यसैबिच कार्यक्रममा नेकपा जिल्ला संयोजक भविश्वर तिवारी, हज कमेटी पुर्व केन्द्रिय सदस्य हाजी बुद्धन अलि, मुस्लिम समाजसेवी, ताहिर अली, हैदर अलि मोमिन, कासिद अलि, अमिरुल्लाह मिँया, ईज्हार मिँया लगायतले मदरसा र कबरिस्तामा देखिएका समस्याहरु सामाधान गर्न सरकारलाई आग्रह गरे ।