♦सहबान अन्सारी–
सुस्ता, १६ असार । पश्चिम नवलपरासीका उखु किसानहरू उखुकाे भुक्तानी रकम माग गरेका छन्र । उखु मिलहरूलाइ उधाराेमा दिएकाे उखुकाे भुक्तानी रकम किसानहरूले माग गरेका हुन्र । उखु उत्पादक संघर्ष समिती नवलपरासीका अनुसार अार्थिक बर्ष २०७५/०७६ मा किसानहरूले पाउनु पर्ने भुक्तान रकम ७० कराेड भन्दा बढि रहेकाे छ । मिलहरूले चिनीकाे विक्री वितरण गरेपनि किसानहरूलाइ भुक्तानी नदिएकाे भन्दै किसानहरू अान्दाेलित बनेकाे समितीका अध्यक्ष उमेशचन्द्र यादवले जानकारी दिए ।
अध्यक्ष यादवका अनुसार जिल्लामा इन्दिरा, बागमती र लुम्बी चिनी मिल गरि ३ ठुला चिनी मिलहरू संचालनमा छन्र । यस बर्ष ती तीनै मिलहरूले ७० कराेड भन्दा बढिकाे उखु क्रसिंग गरेका छन्र, मिललाइ किसानहरूले उधाराेमा उखु दिए, उखु क्रसिंग सिजन बितेकाे डेढ महिना भइसक्दा पनि मिलहरूले अझै किसानहरूलाइ भुक्तानी नदिएकाले किसानहरूले अाफनाे घर व्यवहार मिलाउन समस्या भएकाे अध्यक्ष यादवले बताए ।
त्यस्तै मिलहरूले उखु क्रसिंग डेढ महिना ढिला शुरू गरि उखु नसिकै बैशाख मसान्तमा क्रसिंग बन्द गरेकाले करिब ५ कराेड रूपैया बराबरकाे १ लाख क्विन्टल उखु खेतमै सुकेर दाउरा भयाे । यता मिलहरूले प्रति टराली र टायरमा ५ देखि ५० प्रतिशत सम्म ढुवानी खर्च भनि ४ लाख उखु कटाैती गरि करिब २२ कराेड रूपैया ठगी समेत गरेकाे समितीले निकालेकाे बिज्ञप्तीमा उल्लेख गरिएकाे छ । साथै नेपाल सरकार बाट प्राप्त अनुदान रकममा पनि मिल संचालकहरुबाट ब्यापक अनियमितता भएको समिति द्वारा २०७६/२/२५ गते जिल्ला प्रशासन कार्यालय लगायत सम्पुर्ण सरोकारवालालाई लिखीत आग्रह गरेपनि सम्बन्धित निकायले कुनै चासो नदेखाएको पाइएकाे छ ।
अाइतबार प्रतापपुर गाऊपालिका वडा नं ७ गुठी सुर्यपुरामा उखु उत्पादक कृषक समितिको आयोजनामा किसान भेला तथा पत्रकार भेटघाट कार्यक्रममा समितीका अध्यक्षले किसानहरूकाे ७० कराेड रूपैया भुक्तानी मिलहरूले शिर्घ नदिए हामी किसानहरू अन्दोलनमा उत्रिने चेतावनी दिए । भेला कार्यक्रममा प्रमुख अतिथी एवं पुर्व सभाषद देवकरण कल्वारले किसानको समस्या हामी सबको साझा समस्या हो यसमा सबैले साथ दिन जरुरी रहेको भन्दै किसानहरूकाे भुक्तानी दिलाउन कसीएर लाग्ने बताए । कार्यक्रममा प्रतापपुर गाऊपालिका प्रमुख राजकुमार शर्मा, किसान खेम नारायण चौधरी, हरेन्द्र यादव, राम प्रसाद ज्ञवाली, विश्व बन्धु यादव, नारायण पाण्डे बिस्मिल्ला अन्सारी लगायतले भुक्तानीकाे माग गरेका थिए ।