मिडिया काउन्सिल विधेयक फिर्ताको मागगर्दै पश्चिम नवलपरासीका पत्रकारहरुद्धारा सांसदहरुलाई सन्देश

0
271

परासी, १६ असार । संसद्मा दर्ता भएको मिडिया काउन्सिल विधेयक फिर्ताको माग राख्दै नेपाल पत्रकार महासंघ जिल्ला शाखा पश्चिम नवलपरासीले जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसदहरुलाई सन्देश पठाएको छ । विधेयकविरुद्ध नेपाल पत्रकार महासंघले तेस्रो चरणको आन्दोलनका कार्यक्रम सञ्चालन गरेपनि सरकारले समस्या समाधानका लागि चासो नदिएको भन्दै विधेयक फिर्ताका लागि सांसदहरु मार्फत सरकारको ध्यान आकर्षण गर्न सन्देश पठाएको हो । पश्चिम जिल्लामा दुई प्रतिनिधिसभा सदस्य र चार जना प्रदेशसभा सदस्य छन् ।

महासंघका जिल्ला अध्यक्ष हरि शर्माद्धारा हस्ताक्षरित सन्देश पत्र प्रतिनिधिसभा सदस्यद्धय देबेन्द्रराज कँडेल र ह्दयश त्रिपाठी तथा प्रदेशसभा सदस्यहरु बैजनाथ चौधरी, बैजनाथ जयसवाल, दिपेन्द्र अधिकारी र अजयबहादुर शाहीका व्यक्तिगत सामाजिक सञ्जालमा पठाइएको छ । सभासद्मध्ये बैजनाथ चौधरी प्रदेश ५ को भौतिक पूर्वाधार विकास मन्त्रीसमेत हुनुहुन्छ ।

सन्देशमा लोकतान्त्रिक प्रकृयाबाट निर्वाचित वर्तमान सरकारले नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथि नै बन्देज लगाउने गरी ‘मिडिया काउन्सिल सम्बन्धी विधेयक’ संसद्मा दर्ता गराएर निरंकुशलाई प्रश्य दिन खोजेको भन्दै विधेयक फिर्ताका लागि पहल गर्न सांसदहरुलाई आग्रह गरिएको छ । विधेयक संसदमा पास भएमा प्रेस मात्र होईन आम नेपाली जनताको अभिव्यक्ति स्वतन्त्रता र सूसुचित हुने अधिकारसमेत कुण्ठित हुने सन्देशमा उल्लेख छ ।

महासंघको तेस्रो चरणको आन्दोलनको कार्यक्रमअनुसार आज असार १५ गते नेपाल पत्रकार महासंघका जिल्ला शाखाहरुबाट आफ्ना क्षेत्रहरुबाट प्रतिनिधित्व गर्ने सांसदहरुलाई सन्देश पठाएर विधेयक फिर्ताका लागि पहल गर्न ध्यानआकर्षण गराउने कार्यक्रम अनुसार सन्देश पठाइएको नेपाल पत्रकार महासंघ जिल्ला शाखा पश्चिम नवलपरासीले जनाएको छ । सन्देश पाएपछि जिल्लाका सांसदहरुले प्रेस स्वतन्त्रता नागरिक अधिकारसँग जोडिएको विषय भएकाले पत्रकारहरुको मागबारे सदन मार्फत सरकारको ध्यानआकर्षण गराउने प्रतिकृया दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here